2026-09-04 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव, सहायता कटौतीको तयारी

इजरायलले गाजाबाट थप चार मृत बन्धकका शव प्राप्त गरेको छ । यसपछि हामासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै, इजरायली सैन्य निकायले गाजामा आपतकालीन सहायता आधा कटौती गर्ने निर्णय गरेको छ ।

शवहरू राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रमा लैजाने तयारी भैरहेको छ, जहाँ तिनीहरूको पहिचान गरी परिवारलाई जानकारी गराइनेछ । यो घटनाक्रम हामास र इजरायलबीच कायम भएको शान्ति सम्झौताका लागि ठूलो चुनौती बनेको छ । सम्झौता अनुसार, बन्धकहरूलाई ७२ घण्टाभित्र मुक्त गर्नुपर्ने थियो, तर अहिलेसम्म मृतकका शवहरू निकै कम मात्र फिर्ता भएकोले बन्धकका परिवारहरूमा निराशा व्याप्त छ । हामासले गाजामा भएका विनाशका कारण शव खोज्न कठिनाइ भएको बताएको छ ।

यसैबीच, युएन र अमेरिकी अधिकारीहरूलाई पनि गाजामा सहायता कटौतीको विषयमा जानकारी दिइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धक फिर्ता र शव हस्तान्तरण प्रक्रियालाई तीव्र बनाउन दबाब दिइरहेका छन् ।

गाजा युद्धमा अहिलेसम्म ६७ हजार ६०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् , जसमा धेरै महिला र बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल