Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पर्वतमा शीतलचिनीको व्यावसायिक खेती शुरु

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ८, पर्वत। मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढी किसिमको पोषण तत्व र ४६ किसिमका एन्टीअक्सिडेन्ट पाइने मोरिंगा (शीतलचिनी)को खेती जिल्लामा व्यावसायिकरुपमा शुरु गरिएको छ ।

नेपालमा अपहेलित बालीका रुपमा तराई तथा मध्य पहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिने उक्त बाली गत वर्षदेखि फलेवास नगरपालिका वडा नं ४ मुडिकुवा, वडा नं ५ देविस्थान लगायतका स्थानमा शुरु गरिएको हो । मोरिंगा खानुका साथै यसबाट औषधिसमेत बनाउन सकिन्छ । तराईतिर यसलाई सोहिजन, सैजन, सजिउन, मुनका नामले चिनिने यो बाली जिल्लामा भने शीतलचिनीको नामले प्रख्यात छ ।

कृषि विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार तराईका १३ जिल्लामा ६७ हेक्टरमा भएको मोरिंगाको जम्मा वार्षिक उत्पादन ५५४ मेट्रिक टन छ । नेपालमा मोरिंगा खेतीको अवस्था मोरिंगाको कलिलो कोसा बजारमा राम्ररी बिक्री भएपनि अन्य भागमा यसको उपयोगिताबारे आम उपभोक्ता र कृषक अझै पनि अनभिज्ञ छन् ।

शीतलचिनीको फल मानिस, पशु र बालीनालीका लागिसमेत पोषणयुक्त रहेको र रोग किरा पनि खासै नलाग्ने भएकाले व्यावसायिक उत्पादनका लागि धेरै सम्भावना रहेको हुँदा यसको खेती शुरु गरिएको पर्वत सामुदायिक खाद्य प्रशोधन उद्योगका सञ्चालक थानेश्वर भुसाल उल्लेख गर्नुहुन्छ । अहिले पर्वतमा शीतलचिनीका करिव ५०० बोट रहेका र तिनले आम्दानी दिन थालेको उहाँ बताउनुुहन्छ । अमेरिकन स्वयंसेवी म्याक्स मिलरको सहयोगमा यो खेती विस्तार गरिएको हो ।

पर्याप्त प्रचारप्रसार र यो बालीका बारेमा कृषक अनविज्ञ हुँदा अपेक्षितरुपमा कृषकको आकर्षण बढ्न नसकेको उहाँको भनाइ छ ।

मोरिंगा ५–१२ मिटर अग्लो छाताजस्तो आकारको बोट हुने र यसको जरालाई कम पानी भए पुग्ने हुँदा थोरै पानीपर्ने ठाउँमा समेत यसलाई लगाउन सकिने स्वयंसेवी मिलरको भनाइ छ ।

अहिले हरियो कोशा मूल्यप्रति किलोग्राम रु ४०० र पातको धुलो प्रतिकिलोग्राम रु ५०० मा बिक्री हुँदै आएको उहाँले बताउनुभयो । यसको सघनरुपमा खेती गरिएको अवस्थामा प्रतिबिगाह १२ देखि १५ टन कोसा उत्पादन लिन सकिने भएकाले यसको व्यावसायिक उत्पादनतर्फ राज्यले ध्यान दिनुपर्नेमा स्वयंसेवी मिलर जोड दिनुहुन्छ ।   रासस