१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

१४ कार्तिक २०८२, बिहीबार १७:१३

काठमाडौँ | बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ तयार गरिएको छ । गायक दर्जीलाई सडकबाट उद्दार गरेर गायनसम्ममा साथ दिनुभएका सङगीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशन गर्नुभएको चलचित्रमा वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ ।

गायक बुढाथोकीले गायक दर्जीको बाल्यकालका घटनाक्रम, आफूमाथी लागेका केही आरोपको यर्थाथतालाई समेटेर चलचित्रको कथा तयार गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“सडकमा गीत गाउँदै हिँड्ने गायक दर्जीको जीवन परिवर्तन गरेको कथा चलचित्रमा ल्याएको छु । यो पूर्णतया उहाँकै जीवनी होइन, यसलाई हामीले चलचित्रकै रुपमा तयार गरेका छौँ तर मूलभूत घटनाक्रम उहाँकै जीवनको लिइएको छ । यो चलचित्रले गायक दर्जीको जीवनीसँग परिचित गराउँदै मनोरन्जन पनि दिन्छ ।”

गायक दर्जी हाल कक्षा नौ मा अध्ययनरत रहेकाले चलचित्रका रुपमा यो उमेरका लागि यही पहिलो र अन्तिम हुने उहाँले बताउनुभयो । उक्त चलचित्रमा गायक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धी तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शङ्कर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

गायक दर्जीले गायक बुढाथोकीकै कारण आफूले शिक्षा र साङ्गीतिक वातावरण पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“मलाई सडकबाट ल्याएर गायक बनाइदिनुभयो । म यसरी चिनिनु गायक बुढाथोकी कै देन हो । यो कथाले मेरो सङ्घर्ष देखाएर प्रेरणा पनि दिन्छ । म जस्ता सडक बालकलाई सपना देखाउन र गन्तव्यमा पुर्याउन सायद अन्य कसैलाई प्रेरित गर्यो भने त्यो ठूलो उपलब्धी हुनेछ । सडकमा हिड्ने बालकलाई आफ्नै परिवारको सदस्य बनाउनुभएका गायक बुढाथोकी बारे म शब्दले केही भन्न सक्दिन ।”

गायक बुढाथोकीको निर्देशनसँगै कथा लेखन रहेको चलचित्र ‘मन विनाको धन’ मा पटकथा र संवाद शिवम अधिकारीले लेख्नुभएको छ । चलचित्र यही कात्तिक २१ देखि नेपालसँगै विदेशका केही स्थानमा प्रदर्शन हुने वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ