२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘परान’ आजदेखि प्रदर्शनमा

१५ कार्तिक २०८२, शुक्रबार १३:२९

काठमाडौँ | नेपाली चलचित्र ‘परान’ आजदेखि प्रदर्शन हुने भएको छ । अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठले मुख्य भूमिका निर्वाह गर्नुभएको उक्त चलचित्रमा परिवारको कथा देखाइएको छ । सुख खोज्ने बहानामा खुसी छोडिरहेकाको कथाले दर्शकलाई भावनात्मक रुपमा जोड्ने निर्देशक दीपकप्रसाद आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाएको छु । अहिले भविष्य बनाउने गाउँबाट सहर वा विदेश जाने चलन बढिरहेको छ । हामी बा–आमालाई सुखी बनाउन उहाँको खुसी खोसिरहेका छौँ, यस्तै कथा जोडेर चलचित्र तयार गरेको छु ।”

निर्देशक आचार्यले चलचित्रको सार्वजनिक प्रदर्शन अगाडि आयोजना गरिएको विशेष प्रदर्शनी (प्रिमियर शो) उपस्थित भएर चलचित्र हेर्नुभएका चलचित्रकर्मीले दिनुभएको प्रतिक्रियाले आफू उत्साहित भएको र दर्शकबाट पनि उस्तै प्रतिक्रिया आउने अपेक्षा रहेको बताउनुभयो ।

“चलचित्रमा बा र छोराबीचको सम्बन्धमार्फत देखाइएको कथा आफ्नै घर, गाउँ वा समाजमा देखेजस्तो लाग्छ । दर्शकले नै यो चलचित्र हेर्न अन्यलाई सिफारिस गर्नुहुन्छ भन्नेमा आशावादी छु”, निर्देशक आचार्यले भन्नुभयो ।

अभिनेता नीर शाहले पनि चलचित्रमा अभिनय गर्नुको कारण अहिलेको सामाजिक यथार्थको चित्रण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यो चलचित्रमा निर्वाह गरेको भूमिका कमै प्रस्ताव आएका छन् । यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको थिएँ । यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ ।”

चलचित्रमा अभिनेता शाहसँगै अभिनेत्री केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गर्नुभएको छ । अभिनेत्री अधिकारीले उक्त चलचित्रमा बुहारीको भूमिका निर्वाह गर्नुभएको छ ।

“एउटा परिवारमा सबैले राम्रो गर्न खोज्दाखोज्दै पनि आउने घटनाक्रम चलचित्रको विषय हो । यो चलचित्रमा देखाए जस्तो परिवार सबैको चाहना हुन्छ, मैले यसमा माइली बुहारीको भूमिका निर्वाह गरेकी छु”, उहाँले भन्नुभयो ।

शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गर्नुभएको उक्त चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत सिर्जना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने