2026-10-21 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ ।

भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका अधिकारीहरूले ‘चयन गरिएका’ तीर्थयात्री समूहलाई सिख धर्मका संस्थापक गुरु नानकदेवको जन्मजयन्तीको १० दिने चाडमा सहभागी हुन अनुमति दिएको उल्लेख गरेका छन् ।

यसअघि मे महिनामा दुवै राष्ट्रबीच भएको घातक झडपले सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको थियो । सन् १९९९ पछि सबैभन्दा गम्भीर मानिएको उक्त द्वन्द्वमा मिसाइल, ड्रोन र तोपको आदानप्रदान भएको थियो, जसमा ७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । त्यसपछि सामान्य सवारी–साधनका लागि खुला रहने भूमि नाकाहरू बन्द गरिएका थिए ।

नयाँदिल्लीस्थित पाकिस्तानी उच्च आयोगले भारतबाट आएका सिख तीर्थयात्रीहरूलाई दुई हजार एक सयभन्दा बढी भिसा जारी गरिएको जनाएको छ । ती तीर्थयात्रीहरू पाकिस्तानको ननकाना साहिब सहरमा हुने गुरु नानकको जन्मोत्सवमा सहभागी हुने अपेक्षा गरिएको छ । ननकाना साहिब भारत–पाकिस्तान सीमाबाट करिब ८५ किलोमिटर पश्चिममा अवस्थित छ, जहाँ प्रत्येक वर्ष दशौँ हजार श्रद्धालु भेला हुने गर्छन् । यस वर्षको उत्सव मङ्गलबारदेखि आरम्भ हुने बताइएको छ ।

सन् १९४७ मा ब्रिटिश शासनको अन्त्यसँगै भारत र पाकिस्तानको विभाजन हुँदा बनाइएको यो सीमा आजसम्म पनि दुई देशबीच संवेदनशील विन्दु रहँदै आएको छ । अटारी–वाघा नाकाको यो सीमा दुवै देशका पञ्जाब राज्यहरूमा फैलिएको छ । यहाँ दैनिक झण्डा अवतरण समारोहमा हजारौँ दर्शक दुवैतर्फबाट सहभागी हुन्छन् ।

भारतले इस्लामाबादमाथि अप्रिल २२ मा भारत–प्रशासित कश्मीरमा भएका पर्यटकमाथिका आक्रमणहरूमा समर्थन गरेको आरोप लगाएको थियो । उक्त आरोपलाई पाकिस्तानले अस्वीकार गरेको थियो । यही आरोप–प्रत्यारोपकै बीच मे महिनामा द्वन्द्व सुरु भएको र त्यसपछि सम्बन्ध झन् चिसिएको थियो ।

यद्यपि, हाल पाकिस्तानले जारी गरेको यो भिसा निर्णयले धार्मिक तथा सांस्कृतिक सम्पर्क पुनःस्थापनाको दिशामा सकारात्मक सङ्केत दिएको भारतीय विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ