2026-09-13 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौँ | दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम हुनुभएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको सो प्रतियोगिताअन्तर्गत पुरुषतर्फ १० किलोमिटर दौड प्रतियोगितामा भण्डारीले ५३ मिनेट १० सेकेण्डमा उक्त दूरी पार गर्दै प्रथम हुनुभएको हो । प्रतियोगितामा दिगम्बर पन्त दोस्रो र मनोजकुमार दास तेस्रो हुनुभयो । पन्तले ५४ मिनेट ४६ सेकेण्ड र दासले ५६ मिनेटमा निर्धारित दूरी पार गर्नुभयो ।

यस्तै महिलातर्फ ५ किलोमिटर दौडमा प्रथम हुनुभएकी सापकोटाले ३२ मिनेट ९ सेकेण्डमा उक्त दूरी पार गर्नुभयो । यस्तै शर्मिला कटुवाल दोस्रो र राजकुमारी राई तेस्रो हुनुभयो । कटुवालले ३३ मिनेट ३९ सेकेण्डमा सो दूरी पार गर्दा राईले ३५ मिनेट ४९ सेकेण्ड लगाउनुभयो ।

विजेता खेलाडीलाई निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धरले मेडल प्रदान गर्नुभयो । प्रतियोगितामा पुरुष र महिला समूहतर्फ प्रथम हुनुभएका भण्डारी र सापकोटालाई ५० ग्रामको चाँदीको सिक्का पुरस्कार प्रदान गरियो ।

त्यसअवसरमा निगमका कार्यकारी निर्देशक भट्टले शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि शारीरिक अभ्यास अपरिहार्य रहेको जनाउँदै आगामी दिनमा यसखालका रचनात्मक कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तरराष्ट्रिय धावक मानन्धरले नेपालले पछिल्लो समय खेल क्षेत्रमा आशालाग्दो प्रगति गरिरहेको उल्लेख गर्दै खेलकुदमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशलकुमार आचार्यले प्रतियोगिताबाट सञ्चारकर्मी, निगमका कर्मचारी र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर बनेको बताउनुभयो ।

निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपोको संयोजनमा भएको सो प्रतियोगितामा निगमका कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्र गरी करिब १३० जनाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन