२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी

२०८२, २६ कार्तिक मंगलवार १७:४४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानीको मुटुमा भएको घातक कार विस्फोटलाई ‘गम्भीर षड्यन्त्र’ भन्दै यस घटनाका दोषीहरूलाई न्यायको कठघरामा उभ्याइने प्रतिबद्धता जनाउनुभएको छ । सोमबार ऐतिहासिक लालकिल्ला नजिकै भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु र १९ जनाभन्दा बढी घाइते भएका छन् ।

भारतका सबैभन्दा चिनिएका स्मारकहरूमध्ये एक लालकिल्ला नजिकै भएको उक्त विस्फोटको कारण र स्वरूपबारे अनुसन्धान जारी रहेको दिल्ली प्रहरीले जनाएको छ । प्रधानमन्त्री मोदीले भुटानको राजकीय भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “म सबैलाई विश्वास दिलाउँछु कि सम्बन्धित एजेन्सीहरूले सम्पूर्ण षड्यन्त्रको तहसम्म पुग्नेछन् । यस घटनामा संलग्न सबैलाई न्यायको कठघरामा ल्याइनेछ ।”

अप्रिल २२ पछि भारतमा यो सबैभन्दा ठूलो सुरक्षा घटना हो । उक्त दिन दिन भारत प्रशासित कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जना हिन्दू नागरिकको हत्या भएको थियो । त्यसपछि भारत र पाकिस्तानबीच सीमा तनाव चर्किएको थियो ।

सोमबारको विस्फोट केही घण्टाअघि भारतीय प्रहरीले पाकिस्तानमा आधारित आतङ्कवादी समूह जैश–ए–मोहम्मद र अल–कायदाको काश्मीर शाखा अन्सार गजवत–उल–हिन्दसँग सम्बन्धित गिरोहका सदस्यहरूलाई पक्राउ गरी विस्फोटक पदार्थ र आक्रमणकारी राइफलहरू बरामद गरेको घोषणा गरेको थियो । यी दुवै समूह भारतमा प्रतिबन्धित आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध छन् ।

रक्षामन्त्री राजनाथ सिंहले पनि नयाँदिल्लीमा आयोजित सम्मेलनमा अनुसन्धान एजेन्सीहरू ‘गहन र तीव्र अनुसन्धानमा जुटेका छन्’ भन्दै अनुसन्धानको नतिजा चाँडै सार्वजनिक गरिने बताउनुभयो । उहाँले प्रधानमन्त्री मोदीका शब्दहरूसँगै दोहो¥याउँदै भन्नुभयो, “यस दुःखद घटनाका दोषीहरू कुनै पनि परिस्थितिमा उन्मुक्ति पाउने छैनन्, तिनीहरूलाई कठोर सजाय दिइनेछ ।”

दिल्ली प्रहरीका वरिष्ठ अधिकारी राजा बन्थियाले पुरानो दिल्लीको भीडभाडपूर्ण क्षेत्रमा भएको विस्फोटको अनुसन्धान आतङ्कवाद विरोधी कानून अन्तर्गत भइरहेको जानकारी दिनुभयो । नयाँदिल्लीका उप प्रमुख अग्नि अधिकारी एके मलिकका अनुसार घटनापछि आठ जनाको मृत्यु भएको पुष्टि भएको थियो, तर प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार मृतकको सङ्ख्या १२ पुगेको अनुमान गरिएको छ, यद्यपि उक्त तथ्याङ्क अझै आधिकारिक रूपमा पुष्टि भएको छैन ।

भारत सरकारले यस घटनालाई पाकिस्तानको समर्थनमा सञ्चालित आतङ्कवादी गतिविधिसँग जोड्दै कडा प्रतिक्रिया जनाएको छ । यद्यपि पाकिस्तानले ती आरोपहरू अस्वीकार गरेको छ । अप्रिलको पहलगाम आक्रमणपछि दुवै आणविक शक्ति सम्पन्न देशहरूबीच मे महिनामा गोलीबारी, तोपखाना र ड्रोन आक्रमणमा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यसपछि मात्र युद्धविराम कायम गरिएको थियो ।

भारतको राजधानीमा यसअघि सन् २०११ सेप्टेम्बरमा ठूलो आतङ्कवादी आक्रमण भएको थियो । सो बेला ब्रिफकेसमा लुकाइएको बम उच्च अदालत बाहिर विस्फोट भएको थियो । हालको दिल्ली विस्फोटलाई त्यसपछिको सबैभन्दा गम्भीर सुरक्षा चुनौतीका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा