चिसाङ शेर्पा | असोज-१३, खोटाङ | दशैंको मुखमा मलेशियामा एक नेपालीको मृत्यु भएको छ । मिरिङदेन गाउँपालिका ५ ताप्लेजुङका मिङमा शेर्पा (पाङकर्मा)को शुक्रवार विहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | असोज-१३, खोटाङ | दशैंको मुखमा मलेशियामा एक नेपालीको मृत्यु भएको छ । मिरिङदेन गाउँपालिका ५ ताप्लेजुङका मिङमा शेर्पा (पाङकर्मा)को शुक्रवार विहा"/>

2026-10-26 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

मलेशियामा एक नेपालीको मृत्यु, चाडवाडमा परिवारमा रुवावासी


चिसाङ शेर्पा | असोज-१३, खोटाङ | दशैंको मुखमा मलेशियामा एक नेपालीको मृत्यु भएको छ । मिरिङदेन गाउँपालिका ५ ताप्लेजुङका मिङमा शेर्पा (पाङकर्मा)को शुक्रवार विहान ड्युटीका क्रममा मृत्य भएको हो । रोजगारीका शिलशिलामा ३ वर्ष अघि मलेशिया गएका शेर्पा केही दिनयता घाटीका समस्याका कारण विरामी थिए ।

घाँटीको टनसिल, ज्वरोवाट ग्रसित शेर्पा मलेशियाको साहलमस्थित जेटिआई कम्पनीको सेक्सन १६ मा सेक्युरिटी गार्डको ड्युटीमा कार्यरत थिए । ड्यटी समयमा कम्पनीको कम्पाउण्ड फिल्ड चेकिङमा गएका शेर्पा लामो समयसम्म नफर्के पछि हेर्न जाँदा मरान्नसन्न अवस्थामा लडिरहेको पाईएको मृतकका साथीलाई उदृत गर्दै शेर्पा संरक्षण समिति नेपालका सचिव मिङमा शेर्पा वदाम्बाले जानकारी दिनु भयो । शेर्पाले भने ‘एम्बुलेन्स वन्दोवस्त र प्रहरी रिपोर्ट तयार गर्दागर्दै शेर्पाको कम्पनी एरियामा ज्यान गएको हो ।’

मृतक शेर्पाको शवलाई पोष्टमार्टमका लागि मलेशियाको राजधानीस्थित केन्साङ अस्पतालमा  राखिएको छ । शेर्पाको १ छोरा एक श्रीमती रहेको छ । शेर्पा नेपाल आदिवासी जनजाती महासंघका मलेशिया अध्यक्ष, शेर्पा किदुक मलेशियाका पुर्व महासचिव, शेर्पा सञ्चार ताप्लेजुङ अध्यक्ष तथा वल्र्ड शेर्पा न्युज अनलाइनका सञ्चालक हुन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने