२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिका–स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो

२०८२, ३० कार्तिक शनिबार १४:०२

संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड (स्विस) आयातमा लाग्ने ३९ प्रतिशत शुल्क घटाएर १५ प्रतिशत पु¥याउने सहमति जनाएको छ ।
उक्त निर्णय शुक्रबार जारी गरिएको ह्वाइट हाउसको वक्तव्यमा उल्लेख गरिएको हो ।

महिनौँको वार्तापछि संयुक्त राज्य अमेरिका, स्विट्जरल्यान्ड र लिकटेन्स्टाइनबीच एक प्रारम्भिक व्यापारिक ढाँचा (फ्रेमवर्क) सम्झौता भएको ह्वाइट हाउसले जनाएको छ ।
सम्झौताका अनुसार स्विट्जरल्यान्ड तथा लिकटेन्स्टाइनका कम्पनीहरूले संयुक्त राज्य अमेरिकामा करिब २०० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्नेछन्, जस मध्यमध्ये ६७ अर्ब डलर २०२६ भित्र लगानी गरिने छ ।

यो लगानी फार्मास्युटिकल, मेसिनरी, मेडिकल डिभाइस, निर्माण, उन्नत उत्पादन, सुन उत्पादन तथा ऊर्जा पूर्वाधारलगायतका विभिन्न क्षेत्रमा गरिने छ, जसले सबै ५० अमेरिकी राज्यमा हजारौँ रोजगारी सिर्जना गर्ने ह्वाइट हाउसले जनाएको छ ।
देशहरूले यो व्यापार सम्झौताको अन्तिम रूप सन् २०२६ को सुरुतिर सम्पन्न गर्ने लक्ष्य राखेका छन् । १५ प्रतिशत सुुल्क दर लागू भएपछि स्विस आयातलाई ‘युरोपियन यूनियनले पाएको जस्तै समान व्यवहार’ मिल्ने ह्वाइट हाउसले जारी गरेको तथ्य पत्रकमा उल्लेख छ ।

स्विट्जरल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा ३९ प्रतिशत सुुल्क लगाएको निर्णयपछि ठूलो प्रभावमा परेको थियो । यो दर उक्त वर्षको अप्रिलमा उहाँले धम्की दिएको ३१ प्रतिशतभन्दा पनि उच्च थियो ।
स्विस भन्सार डेटा अनुसार, संयुक्त राज्य अमेरिका सन् २०२१ देखि स्विट्जरल्यान्डको सबैभन्दा ठूलो निर्यात बजार रहँदै आएको छ, जसले २०२४ मा स्विस कुल निर्यातको १८.६ प्रतिशत हिस्सा समेटेको थियो ।

गत वर्ष रसायन तथा औषधि, घडी उद्योग जस्ता स्विसका प्रमुख उद्योगका लागि अमेरिका सबैभन्दा ठूलो बजार थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा