२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शेख हसिनालाई सुपुर्दगी गर्ने बङ्गलादेशको अनुरोधलाई भारतले जवाफ नदिनेमा सजीब वाजेद आशावादी

४ मंसिर २०८२, बुधबार १४:१५

काठमाडौँ | स् बङ्गलादेशको अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले बङ्गलादेश सरकारले भारतलाई गरेको सुपुर्दगी अनुरोध अवैध भएको भन्दै नयाँ दिल्लीले यसलाई सम्बोधन नगर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

वाजेदले भारत सरकारलाई यो अनुरोधलाई कसरी सम्हाल्ने भनेर राम्रोसँग थाहा भएको जनाउदै भारत सरकारले यस्तो अवैध अनुरोधको जवाफ नदिने भन्दै भारतीय लोकतन्त्र र विधिको शासन माथी विश्वास व्यक्त गर्नु भएको छ ।

बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सोमबार शेख हसिना र उहाँका निकट सहयोगी, पूर्व गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको सजाय सुनाएको छ । यसै गरी तेस्रो अभियुक्त, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्ला अल–मामुनलाई सन् २०२४ मा जुलाई–अगस्ट विद्रोहको क्रममा “मानवता विरुद्धको अपराध“ गरेकोमा राज्य साक्षी बनेको कारण पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

हसिनाले आफ्नो विरुद्धमा गरिएको फैसलाको जवाफ दिँदै बिना निर्वाचन बनेको सरकारले स्थापना गरेको र अध्यक्षता गरेको धांधलीयुक्त न्यायाधिकरणले गरेको निर्णयमा कुनै लोकतान्त्रिक जनादेश नभएको बताउनु भएको छ ।

यस अघि, विदेश मन्त्रालयले शेख हसिनासँग सम्बन्धित बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले घोषणा गरेको फैसलालाई भारतले ध्यानमा राखेको र भारत बङ्गलादेशका जनताको सर्वोत्तम हितका लागि प्रतिबद्ध रहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै