2026-11-20 09:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपिएलः विराटनगरद्वारा जनकपुरसामु १३६ रनको लक्ष्य

काठमाडौँ | राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज पहिलो खेलमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्ट्ससामु जितका लागि एक सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ राजेपछि विराटनगरले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनायो । विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रनको योगदान दिए । उनले २९ बल खेल्दै दुई छक्का र दुई चौका प्रहार गरे । यस्तै बसिर अहमदले ३५ बलमा तीन छक्काको मद्दतमा ३६ रन बनाए । प्रारम्भिक ब्याटर लोकेश बमले २६ बल खेल्ने क्रममा एक छक्का र दुई चौका हान्दै २८ रनको योगदान दिए । यस्तै मार्टिन गुप्टिलले १३ र जर्ज मुन्सेले १० रन बनाए । विराटनगरका दुई ब्याटर रनआउट भए ।

बलिङतर्फ जनकपुर बोल्टस्का रूपेश सिंह र सङ्गीथ कुरेले दुई दुई तथा आदित्य महताले एक विकेट लिए । अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो जितको खोजीमा भने सन्दीप लामिछानेको कतानीमा रहेको विराटनगर लगातार तेस्रो जितको पर्खाइमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
योगेश भट्टराई : विचार, संगठन र नेतृत्व पुनर्गठन गर्दै एमाले अघि बढ्छ २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न चितवनले टस जित्यो, पहिले ब्याटिङ गर्ने पृथ्वी राजमार्ग अन्तर्गतको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी काठमाडौँ र मोरङबाट जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ ओलीको निर्देशन : विदेश भ्रमणमा जानुअघि पार्टीलाई अनिवार्य जानकारी दिनुपर्ने बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना : १४ यात्रु घाइते काठमाडौँका विभिन्न स्थानमा मङ्सिर १४ गतेसम्म दैनिक साढे ५ घण्टासम्म बत्ती जाने ओलीको टिप्पणी : एमालेमा भवितव्यले कोही अध्यक्ष, उपाध्यक्ष वा महासचिव बन्दैन मोदीको नागरिकलाई सुझाव : अनावश्यक खर्च होइन, बचत गर्ने बानी बसालौँ विद्या भण्डारीको आरोप : महँगीले गरिबको चुलो निभ्दैछ, सरकारप्रति जनगुनासो बढ्दो लगातार घट्दै सुन-चाँदीको मूल्य, बिहीबार सुन तोलामा ३ हजार ३ सय रुपैयाँ सस्तियो काठमाडौँविरुद्ध कामिलको अर्धशतक संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेका छ : मन्त्री गौतम सर्विया पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गर्ने एक युवक पक्राउ सिरहामा एक सातादेखि बेपत्ता ४५ वर्षीय पुरुषको पोखरीमा शव फेला आरोप सत्य वा असत्य जे भए पनि छानबिन हुनुपर्छ : शंकर पोखरेल काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा ओलीको चेतावनी : केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु भन्नेले होसमा बोल्नुपर्छ प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेटवार्ता