2026-09-15 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पाली कृषक आधुनिक बाख्रापालनतर्फ आकर्षित

असोज १९, रोल्पा (रासस) । परम्परागतरूपले निर्वाहमुखी पशुपालन गर्दै आएका रोल्पाली कृषक बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक बाख्रापालनसँगै उनीहरूको आम्दानीमा पनि वृद्धि हुन थालेको छ । 

जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा ८१ वटा वयर जातका बोका भित्रिएको जनाएको छ । अस्ट्रेलियाबाट खरिद गरी ल्याइएका ती बोकाको बजार मूल्य डेढ लाखदेखि दुई लाखसम्म पर्ने वरिष्ठ पशु विकास अधिकृत डा गान्धीराज उपाध्यायले बताउनुभयो । स्थानीय जातका बाख्रामा नस्ल सुधार गरी उत्पादकत्व बढाउने तथा बोका बिक्री गरी आयआर्जन गर्ने उद्देश्यका साथ ती बोका भित्र्याइएको उहाँले जानकारी दिनुभयो । 

एउटा वयर जातको बोकाबाट ५० किलोभन्दा बढी मासु उत्पादन हँुदै आएको सम्बद्ध कृषकले बताएका छन् । प्रतिकिलो रु ८०० सम्म मूल्य रहेको सो जातको बोकाको मासु स्वादिष्ट र खँदिलो हुने हँुदा बजारको समस्या नभएको कृषक बिना केसीले बताउनुभयो । उहाँका अनुसार वयर जातको बोकाको क्रसबाट स्थानीय बाख्राले समेत तीन वटासम्म पाठापाठी जन्माउने गरेको र ती पाठापाठी पाँच महिना पछि रू १८ हजारमा बिक्री हुने गरेको छ । 

स्थानीय जातका बाख्रामा नस्ल सुधार गरी बढीभन्दा वढी आम्दानी गर्न कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ जिल्ला पशु सेवा कार्यालयले यस्तो कार्यक्रम गरिरहेको पशु चिकित्सक नीमबहादुर सिंहले बताउनुभयो । खाद्य सुरक्षा परियोजनाअन्तर्गत जिल्लामा ७१ वटा बाख्रापालन समूह, पाँचवटा भँैसीपालन समूह, दुईवटा डेरी र २४ वटा नमूना बगैँचा कार्यक्रम सञ्चालनमा रहेका छन् । 

साबिकका लिवाङ, गजुल, जंकोट, वडाचौर, जैमाकसला, कोर्चवाङ, घर्तीगाउँ, जुगार, गैरीगाउँ र बुढागाउँ गाविसमा उक्त कार्यालयले खाद्य सुरक्षा कार्यक्रम कार्यान्वयन गरिरहेको कार्यक्रमका जिल्ला प्राविधिक अधिकृत विजय देवकोटाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ