2026-11-02 03:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

प्राधिकरणका सिइओ पोख्रेलले पदीय दुरुपयोग गरेको चारदलको आरोप

असोज १९, प्यूठान । पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) गोविन्दराज पोख्रेलले पदीय दुरुपयोग गरेको जिल्लामा क्रियाशील चार दलले आरोप लगाएका छन् । 

बाम गठवन्धनका तीनदल सहित नेकपा मालेले बिहीबार संयुक्त प्रेस विज्ञप्तीमार्फत पोख्रेलले सरकारी पदीय मर्यादा भुलेर जिल्लामा नेपाली कांग्रेसको गतिविधिमा क्रियाशिल रहेको उल्लेख गरेका छन् ।

‘भूकम्प गएको तीनवर्ष बितिसक्दा समेत क्षतविक्षत भएका घरहरु पूर्ननिर्माण भएका छैनन् । पीडितको पीडा सम्बोधनमा ठोस पहल भएको छैन् । यसप्रति पहल र कार्ययोजनामा लाग्नुको साटो पदीय मर्यादा भुलेर सरकारी स्रोतसाधनको दुरुयोग गरी हिडेकोप्रति नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउन चाहान्छौँ ।’ विज्ञप्तीमा भनिएको छ ।

सरकारी साधनको दुरुपयोग गरी स्थानीय तह निर्वाचनमा समेत डा.पोख्रेल जिल्लामा पार्टीका विभिन्न गतिविधिमा सक्रिय भएको चार दलले आरोप लगाएका छन् । आसन्न प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरी पदीय जिम्मेवारीबाट अलग नभई पार्टीका गतिविधिमा हिड्नु निर्वाचन आचारसंहिता विपरित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त विषयलाई गम्भीरतापूर्वक नलिएमा उत्पन्न हुने जस्तोसुकै परिणामको जिम्मेवारी सम्वन्धित पक्ष हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको पूनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा डा.पोख्रेल दुई पटकसम्म नियुक्त भएका हुन् । उनी यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका छन् । 

नेपाली कांग्रेस प्यूठानले आउँदो संघको निर्वाचनमा जिल्लाबाट पोख्रेललाई उम्मेदवार उठाउने तयारी थालेको छ । कांग्रेस स्रोतका अनुसार जिल्लाबाट पोख्रेलको मात्र नामावली केन्द्रमा सिफारिस गरिएको बुझिएको छ । दसैं मनाउन गृहजिल्ला प्यूठान आएका डा.पोख्रेल अझै फर्केका छैनन् । -अन्नपुर्ण अनलाइनमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द