२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

१६ मंसिर २०८२, सोमबार १४:३४

काठमाडौँ | कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी साबिक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ । हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम मात्रै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम दुई खेल अगावै अपराजित रही पाँच खेल जितेर प्लेअफमा सुरक्षित भएको हो । साबिक उपविजेतासमेत रहेको सुदूरपश्चिमले दश अङ्क जोडेर शीर्ष स्थानमा छ ।

अब सुदूरपश्चिमले विराटनगर किंग्स र चितवन राइनोजससँग खेल्न बाँकी छ । बाँकी रहेका दुई खेल पनि जितेर सुदूरपश्चिम पहिलो क्यालिफायरमा पुग्ने लक्ष्यमा छ । अङ्कतालिकाको दोस्रो स्थानमा ६ खेलमा चार खेल जितेको काठमान्डू गोर्खाज र तेस्रो स्थानमा पाँच खेलबाट आठ अङ्क नै जोडेको विराटनगर रहेको छ । यी दुवै टोली प्लेअफ नजिक छन् ।

चौथो स्थानमा चितवन राइनोज रहेको छ । चार खेलबाट चार अङ्क जोडेको चितवन पनि प्लेअफको दौडमा छ । पाँच खेलबाट चार अङ्क जोडेको लुम्बिनी लायन्स पाचौँ, पाँच खेलबाट एक खेल मात्रै जितेको कर्णाली याक्स छैटौँ, चार खेलमा दुई अङ्क मात्रै रहेको पोखरा एभेन्जर्स सातौँ र चार खेलमा अङ्कविहीन रहेको जनकपुर बोल्टस पुछारमा छ ।

पाँच खेलमा नायक बने पाँच फरक खेलाडी

सुदूरपश्चिमको अर्को विशेषता भनेको कुनै एक खेलाडी तथा विदेशी खेलाडीको भरमा मात्र खेलेको छैन । लगातार पाँच खेल जित्दा सुदूरपश्चिमका फरक फरक खेलाडी नायक बन्दै ‘प्लेयर अफ दी म्याच’ भएका छन् । जसमा तीन नेपाली र दुई विदेशी खेलाडीले उत्कृष्ट खेलेका थिए ।

उत्कृष्ट खेल्दै टोलीलाई जिताउनेमा नेपाली खेलाडीमा स्वयं कप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र इशान पाण्डेय रहेका छन् । विदेशी खेलाडीमा हर्मित सिंह र जोस ब्राउन छन् । सुदूरपश्चिमको पहिलो जितमा हर्मित सिंहले अलराउन्ड प्रदर्शन गरे । काठमाडौँलाई २९ रनले हराएको यो खेलमा हर्मितले विस्फोटक पारि खेल्दै २० बलमा दुई चौका र ६ छक्कासहित ५३ रन बनाए । साथै उनले बलिङमा पनि महत्वपूर्ण दुई विकेट लिए ।

दोस्रो खेलका नायक बनेका जोस ब्राउनले ३५ बलमा ६८ रनको उत्कृष्ट पारि खेले । पोखराविरुद्धको यो खेल सुदूरपश्चिमले १८ रनले जितेको थियो । तेस्रो जित निकाल्ने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरी चम्किए । कर्णालीविरुद्धको उक्त खेलमा ऐरीले ब्याटबाट ३९ रन बटुले भने बलिङतर्फ चार विकेट लिए । चौथो जितमा पारम्भिक ब्याटर विनोद भण्डारी ‘म्याच विनर’ बने । लुम्बिनीलाई पराजित गरेको यो खेलमा भण्डारीले अविजित ६९ रन जोडे ।

साबिक विजेता जनकपुरलाई हराएर पाचौँ जित निकालेको खेलमा इशान पाण्डेले उत्कृष्ट खेले । उनले ५६ रन बनाए । सुदूरपश्चिमले सबैभन्दा बढी नौ स्थानीय खेलाडीलाई टोलीमा राखेको छ । जसमा कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा र हिक्मत महरा रहेका छन् ।

अर्धशतकमा बनाउने सुदूरपश्चिमकै खेलाडी बढी

प्रतियोगितामा हालसम्म १७ खेलाडीले अर्धशतक हिर्काएकामा सुदूरपश्चिमकै खेलाडी अग्रस्थानमा छन् । सुदूरपश्चिमका चार खेलाडीले अर्धशतक बनाए । अर्धशतक बनाउनेमा विनोद भण्डारी, इशान पाण्डेय, जोस ब्राउन र हरमित सिंह रहेका छन् ।

यस्तै हालसम्म एनपिएलमा अर्धशतक बनाउने अन्य खेलाडीमा पोखराका कप्तान कुशल भुर्तेल, पोख।ाकै सुमित बर्मा, एडम रोसिङटन र जिम्मी निशम, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल र बसिर अहमद, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति र आशिफ शेख, काठमान्डू गोर्खाजका जोन सिम्प्सन, कर्णाली याक्सका प्रियाङ्क पञ्चाल तथा चितवन राइनोजका रवि बोपरा रहेका छन् । बोपराले तीन तथा भुर्तेल र पञ्चालले दुई÷दुई अर्धशतक बनाएका छन् । कर्णालीका मार्क वाट मात्रै जारी प्रतियोगितामा शतक बनाउने एक्ला खेलाडी हुन् ।

बलिङतर्फ सुदूरपश्चिमका खेलाडी हाबी देखिएका छन् । हालसम्म सुदूरपश्चिमका अभिनाश बोहरा ११ विकेट लिँदै पहिलो स्थानमा छन् । दोस्रो स्थानमा विराटनगरका कप्तान सन्दीप लामिछाने छन् । उनले १० विकेट लिएका छन् । यस्तै समान १०÷१० विकेट लिएका काठमाडौँका मिलिन्द कुमार र कप्तान करण केसी क्रमशः तेस्रो र चौथो स्थानमा छन् । नौ विकेट लिएका सुदूरपश्चिमका हर्मित सिंह पाचौँ स्थानमा छन् ।

सबैभन्दा बढी रन बनाउनेमा चितवनका रवि बोपरा रहेका छन् । उनले हालसम्म २०४ रन बनाएका छन् । यस्तै दोस्रोमा १८४ रन बनाएका कर्णालीका मार्क वाट, तेस्रोमा १७४ रन जोडेका लुम्बिनीका कप्तान रोहितकुमार पौडेल तथा समान १६५ रन बनाएका कर्णालीका प्रियाङ्क र सुदूरपश्चिमका विनोद भण्डारी क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।

विराटनगर कीर्तिमानी स्कोर बनाउने टोली

जारी प्रतियोगितामा उच्च स्कोर बनाउने टोलीमा विराटनगर रहेको छ । उसले पोखराविरुद्ध २२० रन बनाएको थियो । जुन एनपिएल इतिहासकै उच्च स्कोर हो । दोस्रो उच्च स्कोर बनाउने टोली सुदूरपश्चिम हो । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएको थियो । जारी सिजनमा सबैभन्दा कम स्कोर बनाउने टोली चितवन हो । चितवनको पारी काठमान्डू गोर्खाजसँग ८९ रनमा समेटिएको थियो । यसअघि उक्त रेकर्ड कर्णालीका नाममा थियो । सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको कर्णालीको पारी ९४ रनमा समेटिएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी प्रतियोगिता यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । विजेता टोलीले रु एक करोड १० लाख पुरस्कार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने