2026-10-10 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पारिवारिक कथामा आधारित चलचित्र ‘हर्ष’ देशभर प्रदर्शित

काठमाडौँ | पारिवारिक कथामा आधारित चलचित्र ‘हर्ष’ यही मङ्सिर १२ गतेदेखि देशभर प्रदर्शनरत छ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत रहनुभएको उक्त चलचित्रको निर्देशक एकता पौडेलले हुनुहुन्छ ।

स्वर्गीय निर्देशक शिव रेग्मीको भाञ्जीसमेत रहनुभएकी निर्देशक पौडेलले पहिलो निर्देशकीय चलचित्रमा सामाजिक विषयलाई स्थान दिनुभएको बताउनुभयो । “मसँग रहेका आधा दर्जनभन्दा बढी पटकथामध्ये ‘हर्ष’लाई छनोट गरेँ । चलचित्रको कथावस्तु र पात्रसँग दर्शक जोडिनेमा विश्वस्त भएर नै मैले सामाजिक विषय रोजेकी हुँँ”, निर्देशक पौडेलले भन्नुभयो ।

उहाँले पछिल्लो समय समाजमा रहेका नकारात्मक र सकारात्मक पक्षलाई चलचित्रमा समेटेर राम्रो सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो चलचित्र पारिवारिक हो, संवेदनशील विषयवस्तुसहित मन छुने कथा उजागर गर्न प्रयास गरेकी छु । आगामी समयमा यसको प्रभाव पक्कै पर्छ भन्ने लागेको छ । चलचित्रमा उठाइएका विषयमा सार्वजनिक बहस हुन आवश्यक छ । चलचित्रले जटिल सिद्धान्तजस्तो होइन, सरल तर प्रभावकारी शैलीमा मनोरञ्जनसहित कुरा भन्छ ।”

नेपाली समाजमा वंश निरन्तरताका क्रममा अवरोध आउँदा परिवार र समाजले गर्ने प्रतिक्रिया तथा त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक दबाबलाई चलचित्रमा देखाएको छ । अभिनेत्री वर्षा राउत चलचित्रमा बुहारीको भूमिकामा हुनहुन्छ । “केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो अभिनयलाई अलि ध्यान दिएर हेर्नुभएको जस्तो लागेको छ । अघिल्ला चलचित्रको तुलनामा सुधार गरेको प्रतिक्रिया पाएकी छु, दर्शकले समाजको एउटा देखाउनै पर्ने कथा भनेर तारिफ गर्नुभएको छ”, अभिनेत्री राउतले स्पष्ट गर्नुभयो ।

उक्त चलचित्रमा अभिनेत्री राउतसँगै खगेन्द्र लामिछाने, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जनलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने