2026-07-25 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य

काठमाडौँ | सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को क्वालिफायर–वानमा मंगलबार विराटनगर किंग्ससामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सात विकेट गुमाएर १ सय ५५ रन बनाएको हो ।

उसका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । विनोदको यस सिजन यो दोस्रो अर्धशतक हो । इनिङ्सको अन्त्यतिर आरिफ सेखले केही आक्रामक भएर १३ बलमा २० रन थपे । त्यस अगाडि आफ्नो पहिलो खेल खेलिरहेका पाकिस्तानी ओपनर मुख्तार अहजमले १० रन मात्र बनाए । यस्तै सेल्डन ज्याक्सनले पनि पहिलो खेल खेल्ने क्रममा ११ बलमा २० रन जोडे । इशान पाण्डे भने १३ रन बनाएर साम हेजलेटको बलमा आउट भए ।

नरेन भट्टले त्यसमा बाउन्ड्रीमा सनसनीपूर्ण क्याच लिए । दीपेन्द्रसिंह ऐरीले पनि धेरै ठूलो योगदान दिन सकेनन् र उनी तीन रन मात्र बनाएर रनआउट भए । हरमित सिंहले १४ रन मात्रै बनाउन सके । विराटनगरको बलरमध्ये प्रतिश जिसी र मर्चेन्ट डि ल्याङ्गेले दुई-दुई विकेट लिए । यस खेल जित्ने टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–टु खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय