२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध

२०८२, १ माघ बुधबार १६:३८

बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५ देखि फेब्रुअरी – १५ सम्म आगमन भिसा (भिओए) निलम्बन गरेको जनाइएको छ ।

भुटान र नेपाल जस्ता छिमेकी देशका नागरिकहरूले बङ्गलादेशबाट आगमन भिसा सुविधा प्राप्त गर्थे । हाललाई त्यो व्यवस्था निलम्बन गर्ने निर्णय सम्बन्धित देशका सरकारहरूलाई आधिकारिक रूपमा सूचित गरी लागु गर्ने तयारी गरिएको जनाइएको छ ।

बङ्गलादेश सरकारका एक वरिष्ठ अधिकारीले जनवरी – १५ देखि फेब्रुअरी – १५ सम्म बङ्गलादेशले एक महिनाका लागि आगमन भिसा निलम्बन गर्ने उल्लेख गर्दै यो नियम बङ्गलादेशबाट आगमनमा भिसा सुविधा प्राप्त गर्ने सबै देशहरूमा लागू हुने बताउनु भएको छ ।

उहाँले आगामी राष्ट्रिय संसदीय चुनावलाई ध्यानमा राखि यस्तो निर्णय लिएको जनाउनु भएको छ ।

निर्वाचन अभियान जनवरी – २२ देखि सुरु हुने र यो समयमा पार्टीहरुले देशभरि र्याली गर्ने भएकाले सरकारले सीमा क्षेत्रमा सुरक्षा बढाउन र निर्वाचन अवधिमा सम्भावित हिंसा रोक्न यो कदम चालेको जनाइएको छ ।
विगतका चुनावको समयमा यस प्रकारको कदम चालिएको बताइएको छ ।

निर्वाचन समाप्त नभए सम्म यी भिसा सेवाहरू पुन ः सुरु हुने सम्भावना नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय संसदीय चुनाव र केही सुधारहरूमाथि सार्वजनिक जनमतसंग्रह आगामी फेब्रुअरी – १२ मा बङ्गलादेशमा हुने कार्यक्रम तय भएको छ ।

आम चुनाव र जनमत सङग्रहको नेतृत्वमा, बङ्गलादेशले आफ्नो आन्तरिक सुरक्षा उपायहरू तीव्र बनाएको छ ।

देश भर सेना तैनाथ गरिएको छ भने सेना बाहेक अन्य सुरक्षा बललाई पनि आफ्नो कर्तव्य निर्वाह गर्न अत्यन्त सतर्क रहन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ