2026-10-21 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

१०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । मलेसियाको सबाह राज्य नजिकै पर्ने सुलु सागरको जमिनमुनि शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२:५७ बजे गएको उक्त भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन गरिएको छ ।

सन् १९२३ पछि यस क्षेत्रमा रेकर्ड गरिएको यो नै सबैभन्दा ठूलो भूकम्पमध्ये एक हो । भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट केही टाढा समुद्रमुनि भए तापनि यसको गहिराइ निकै धेरै अर्थात् ६२० किलोमिटर रहेको पाइएको छ ।

भूगर्भविद्हरूका अनुसार सामान्यतया यति धेरै गहिराइमा जाने भूकम्पले जमिनको सतहमा कम प्रभाव पार्ने गर्दछ । त्यसैले सुनामीको खतराको चेतावनी जारी गरिएको छैन । केन्द्रविन्दुको गहिराइले गर्दा सम्भावित ठूलो संकट टरेको विज्ञहरूको विश्लेषण छ ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले कुनै पनि सुनामीको खतरा नरहेको स्पष्ट पारेको छ । केन्द्रका अनुसार भूकम्प अत्यधिक गहिराइमा गएका कारण समुद्री छालहरूमा असामान्य हलचल उत्पन्न हुने सम्भावना देखिएन ।

मलेसियाको मौसम विज्ञान विभागले पनि सर्वसाधारणलाई नआतिएर आफ्नो नियमित कार्यमा लाग्न आग्रह गरेको छ ।

भूकम्पका कारण सबाह र सारावाकका बासिन्दाहरूले केही सेकेन्डसम्म हल्का कम्पन महसुस गरेका थिए । कम्पनका कारण कतिपय मानिसहरू घरबाहिर निस्किएका थिए ।

मलेसियाका अतिरिक्त छिमेकी मुलुकहरू फिलिपिन्स, ब्रुनाई र सिंगापुरका केही उच्च भवनहरूमा समेत यसको हल्का धक्का महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सबाहको वारुण नियन्त्रण तथा उद्धार विभागका अनुसार अहिलेसम्म कुनै पनि भौतिक पूर्वाधारको क्षति वा मानवीय हताहतीको रिपोर्ट प्राप्त भएको छैन । अधिकारीहरूले समुद्री किनार र जोखिमयुक्त क्षेत्रहरूमा निगरानी बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ