2026-09-16 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

देशमा मानव संकट परेका बेला माधव नेपाल कर्नाली भ्रमणमा

karnali

दलसिंह गिरी । मङ्सिर ३, कालिलोट । भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा इन्धन, औषधि, खाद्यान्न लगाएतको मानवीय संकट पैदा भैरहेको बेला एमाले बरिष्ठ नेता माधव कुमार नेपाल कर्नाली भ्रमणमा आएका छन् । संविधानका अन्तर बस्तु तथा विशेषता बारे कार्यकर्ताहरु संगको भेटघाट कार्यक्रमको अवशर पारेर कर्नाली भिजिटमा आएका हुन् । धर्मपत्नी गायत्री नेपाल, एमाले दैलेख क्षेत्र नं. १ का पूर्व सभासद राज बहादुर बुढा, एमाले केन्द्रीय सदस्य चन्द्र बहादुर शाही, कालिकोटबाट एमाले सभासद तुलाराज विष्ट सहितको टोली काठ्माण्डौबाट स्थलगत मार्गहुदै कर्नाली भ्रमणमा आएका छन् ।

भ्रमणकै शिलशिलामा कालिकोट पुगेका नेता नेपालले आफु कर्नालीको यथार्थ बस्तुस्थीति चित्रण गर्न स्थलगतरुपमा कर्नाली भ्रमणमा आएको एक आयोजित कार्यक्रममा बताएका छन् । नेकपा एमाले कालिकोटले आज आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै नेपालले यस्तो कुरा बताएका हुन् । नेपाल इतिहासको धारोहरको रुपमा रहेको कर्नालीको सिजा र दैलेख राज्य रहेको बताउदै यसको यथार्थ चित्रण गर्न स्थलगत भ्रमणमा आएको बताएका छन् । अहिले देशमा भैरहेको संकटको बारे उठान गर्दै नेपालले भारतले गरेकोे अघोषित नाका बन्दीले नेपालको तराई देखि हिमाल सम्मको जनजिबन प्रभावित बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्रमोदिलाई इंकित गर्दै नेपालले नेपाली जनतालाई दुख दिएर तपाईलाई के फाइदा छ ? नेपाली जनतालाई चिडयाएर के फाइदा छ ? तपाई धार्मिक प्रबृतिको मान्छे हो, धर्ममा कसैलाई पनि कस्ट दिने कुरा लेखेको छैन, धर्म मान्ने मान्छे कसैलाई दुख दिन चाहन्न, कसैको दुःख देख्न चाहन्न, तर तपाई अघोषित नाकाबन्दी गरेर नेपाली जनताको दुःखलाई रमिता हेर्दैहुनुहन्छ, समयमै अघोषित नाकाबन्दी खुलाई नेपालीलाई शुःख संग बाच्न पाउने अधिकार नखोसियोस, नेपाली जनताले अहिले सम्म सम्मान गरेको बताएका छन् ।

kalikot madhab

अर्को प्रशंगलाई जोड्दै नेपालले हाम्रा पर्खाहरुले गरेको त्याग र बलिदानले आर्जित सिंगो देश नेपाल आज विभिन्न देशी विदेशी सासकहरुले विभिन्न बखेडा झिकेर टुक्राटुक्रा पार्ने कुचेष्टा अपनाइरहेको बताएका छन् । हामी स्वाभिमानी नेपाली कसैको दाश बन्न नहाँहेकै कारण आफुलाई शक्तिशाली भन्ने सासकहरु नेपालीहरुलाई अनेक किसिमका दुख दिइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु