2026-09-16 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

एक छात्र लडेर गम्भिर घाइते, विद्यालयमा विद्र्थीले चर्पी प्रयोग नपाएको विद्यार्थीको गुनासो

दलसिंह गिरी/ मंसिर १७, कालिकोट । पंचदेवल उच्च मावि मेहलमुडीमा अध्ययनरत एक छात्र विद्यालय नजिकै रहेको झारमा ट्वाइलेट गर्न जादा लडर गम्भिर खाइते भएका छन् । कक्षा आठमा अध्ययनरत १३ बर्षिया छात्र एकिन्द्र शाउद विद्यालय संगै रहेको सल्लीकोट भन्ने स्थानमा लडेर ३० मिटर तल खस्दा गम्भिर घाईते भएका हुन् ।

विद्यालयमा रहेको चर्पीमा पानी नभएको कारण जनाउदै विद्यार्थीहरुलाई चर्पी प्रयोग गर्न नदिने गरेकाले नजिकैको झारमा ट्वाइलेट गर्न जादा लडेर गम्भिर घाइते भएको घाइते छात्रका ठूलो बुवा चद्रसिह साउदले बताउनु भएको छ । घाइते छात्रको दायाँहात फयाक्चर भएको र टाउको तथा छातीमा गम्भिर चोट लागेको वहाँले बताउनु भयो । उपचारको लागि इलाका स्वास्थ्य चौकी मेहलमुडीमा लिदा त्यहाँ ग्रामिण स्वास्थ्य कार्यकर्ता बाहेक अन्य स्वास्थ्यकर्मी नभएका कारण नजिकैको मडिकलमा सामान्य उपचार गरी जिल्ला सदरमुकाम मान्म ल्याउदै गरेको साउदले टेलिफोन मार्फत जानकारी दिनु भएको छ ।

उता विद्यालयमा हापछुट्टी भएको बेला एता उता खेल्न जादा लडेर घाईते भएको तर पिसाब फेर्ने चर्पी नभएकै कारण झारमा गएको भन्नेकुरा सरासर गलत भएको विद्यालयका प्राचार्य देवनारायण चौधरीले बताउनु भएको छ । विद्यालयमा प्रयाप्त पानी नभए पनि पानीकै कारण चर्पी विद्यार्थीलाई प्रयोग गर्नबाट नरोकेको वहाले जिकिर गर्नु भएको छ ।

हामी ४०० बढी विद्यार्थी रहेको विद्यालयमा २ वटामात्र चर्पी भएपनि सरहरुले चर्पीमा ताला लगाउने गरेको र आफ्नो लागि मात्र चर्पी प्रयोग गर्ने गरेका कारण विद्यार्थी साथीहरु पिसाव तथा दिसा गर्न नजिकैको झार, जंगल जान बाध्य रहेको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रकाश विकले बताएका छन् । विद्यालय अनुगमनको निम्ती जिल्लाबाट जिल्ला शिक्षा अधिकारी घनश्याम पौड्याल सहितको टोली आउनु एक दिन अगाडी विद्यालयका सबै विद्यार्थी प्रयोग गरेर खानेपानीको पाइप मर्मत गरी विद्यालयमा पानी ल्याएपनि अनुगमन टोली फर्के संगै पानीपनि बन्द भएको वहाले बताए ।

जिल्लाका सबै क्षेत्र तथा समुदायमा चर्पी निर्माण भै प्रयोगमा आएको भन्दै जिल्लालाई २०७० मा नेपालकै आठौं खुलादिसा मुक्त क्षेत्र घोषणा गरिए पनि जिल्लाका कतिपय ठाउमा चर्पीहरु नियमित प्रयोग नभै खुला दिसा पिसाव गर्न जादा यस्ता खालका घटनाहरु घट्ने गरका जानकारहरु बताउछन् छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु