२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

इन्टरनेटको पहुँच विहिन भएको जिल्ला स्वास्थ्य कार्यालयको गुनासो

२०७२, २८ मंसिर सोमबार १२:४९

दलसिंह गिरी/मङ्सिर २८, कालिकोट । विश्वको झण्डै आधा जनसंख्यामा इन्टरनेटको पहुँचमा पुगिरहेको बेला जिल्ला सदरमुकाम मान्ममै रहेको जिल्ला स्वास्थ्य कार्यालय भने इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको जिल्ला स्वास्थ्य कार्यालयले गुनासो गरेको छ ।

इन्टरनेट सेवाको एक प्रमुख श्रोत मानिने नेपाल टेलिकमबाट प्राप्तहुने इन्टरनेट सेवा प्रभावकारी नभएका कारण आफुहरु इन्टरनेटको पहुँचबाट बाहिरिएको गुनासो गरेका हुन् ।

इन्टरनेटको पहुँच नभएकै कारण जिल्ला स्वास्थ्यबाट हुने सेवाहरुलाई अनलाईन सफट्वयरमा दैनिक अध्यावधि गर्न समेत समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख शंकर लोहोलाले बताउनु भएको छ ।

इन्टरनेट अभावकै कारण स्वास्थ्यबाट संचालित बिभिन्न कार्यक्रमहरुको दैनिक कार्यप्रगति तथा आयब्यायका लागि केन्द्रले निरदिष्ट गरेको अनलाइन सफ्टवयरमा अध्यावधि गर्न गारो भएको वहाले बताउनु भयो ।

नेपाल टेलिकमबाट एडिएसएल सेवा र वाइमेक्स सेवा लिए पनि उक्त सेवा निरन्तर चल्न नसकेको कार्यालय प्रमुख लोहोलाले जानकारी दिनु भएको छ । टेलिकमबाट करिव २ किलोमिटर जतिमात्र टाढा रहेको जिल्ला स्वास्थ्य कार्यालय टेलिफोन सेवा समेत निरन्तर चल्न नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपाल टेलिकम क्षेत्रिय कार्यालय नेपालगंजबाट टेलिफोन तार खरिद गरी पटक पटक तार बदल्दापनि नेपाल टेलिकम कालिकोटले तारको कमजोरीका कारण सेवा प्रभावकारी नभएको भन्दै कुरा टार्ने गरेको समेत कार्यालयले जनाएको छ ।

कार्यालयबाट अध्यावधि गर्नुपर्ने डाटा तथा प्रगति विवरणका लागि स्काईब्रो मार्फत तत्काललाई काम चलाइरहे पनि यसबाट दैनिक २०० बढी रुपैया खर्च हुने गरेको, यसका लागि कार्यालयबाट कुनै श्रोत नभएका कारण आफ्नै ब्यक्तिगतरुपमा खर्च ब्यहोर्नु परेको जिल्ला स्वास्थ्य कार्यालयका स्टोर किपर सहायक देउरुपा बोगटीले बताउनु भएको छ ।

यता नेपाल टेलिकम कालिकोटका कार्यालय प्रमुख जित बहादुर त्यागी ले जिल्ला स्वास्थ्य कार्यालयमा टेलिफोन तथा नेपाल टलिकमबाट प्रबाह गरिने इन्टरनेट सेवा प्रभावकारी नहुनु रहर नभै बाध्यता भएको दुखेसो पोख्नु भएको छ ।

टेलिफोन र एडिएसएल सेवा प्रभावकारी हुनको लागि टेलिफोन वितरण पैन्ट देखि बढीमा ५० मिटर मात्र मसिनो तारले प्रभावकारी काम गर्छ तर जिल्ला स्वास्थ्य कार्यालयमा जिल्ला कारागार देखि कम्तिमा १ हजार मिटर जति मसिनो तार तानिएका कारण सेवा सेवा प्रभावकारी नभएको र जिल्ला स्वास्थ्य कार्यालय परिसर सम्म मोटोतार जडानको लागि पटक पटक क्षेत्र तथा केन्द्रमा लिखित मौखिक निवेदन गर्दा पनि कुनै सुनुवाई नभएको बताउनु हुन्छ ।

इन्टरनेट सेवाका लागि टेलिकमले वितरण गरेको वाइम्याक्स सेवा लिमिटेड वा अनलिमिटेड बारे जिल्ला टेलिकमलाई कुनै जानकारी नभएको र यसका लागि क्षेत्रनै जवाफदेहि रहने बताउनु भयो ।

अन्य टेलिकमबाट दिइने सेवाहरु विद्युत अवरोधका कारण केही समय प्रभावित भएपनि अहिले महंगोमा तेल खरिद गरेर भएपनि जेटेरेटर मार्फत सेवा प्रभाह गरिरहेको बताउनु भएको छ ।

तेल ढुवानीको लागि कार्यालय सम्म भरपर्दो बाट नभएका कारण तेल ढुवानीमा अलि समस्या समेत बताउनु भएको छ ।

नेपाल टेलिकमसम्मको बाटो फराकिलो पुर्न निर्माणको लागि जिविस लगायत सम्बन्धित सरोकारवालालाई पटक पटक निवेदन गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो समेत ब्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन