2026-10-31 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

खस भाषामा कालिकोटकी “पानकली” अब चलचित्र पर्दामा

pankaliदलसिंह गिरी/पुस १, कालीकोट । कर्णालीको खस भाषामा आधारित वास्तविक कथानक चलचित्र पानकलीको जिल्ला सदरमुकाम मान्ममा शुभ मुहुर्त गरीएको छ ।

गायक खगेन्द्र न्यौपानेको कथा लेखन, निर्देशनमा निर्माण हुने चलचित्र पानकलीको मंगलबार प्रमूख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले पुजा गरी ब्यानर उद्घाटन तथा बरिष्ट देउडा खेलाउडा नेत्रराज शाहीले नारीवल फोडेर शुभमुहुर्त गरीएको हो ।

शुभ मुहुर्त कार्यक्रममा बोल्दै प्रमूख जिल्ला अधिकारी श्रेष्ठले जातीय छुवाछुत, बहुबिबाह, अशिक्षा, अन्धविस्वासको बिरुद्धमा चलचित्र निर्माण गरी जनचेतना फैलाउनु राम्रो पक्ष भएको बताउनु भयो ।

निर्देशक न्यौपानेले कालीकोटको वास्तविक कथामा करीब ३० लाख रकमको लगानीमा चलचित्र निर्माण हुने भएकाले सबैको सहयोगको अपेक्षा गरेको बताउनु भएको छ ।

जिल्लाका बिभिन्न स्थलहरू तथा विभिन्न बस्तीहरूमा छायांकन गरीने कालिकोट त्रिरत्ना टेकनिकल कलेजका आयाफउण्डर एवं प्रिन्सीपल अशोक कुमार सिंहले बताउनुभयो ।

सो अबसरमा कलाकार खगेन्द्र न्यौपाने, कृष्णराज धमाला, पुष्पराज भट्टराई, अशोककुमार सिंह, हेमन शाहीले कथाबस्तुमा आधारीत डाइलक तथा अभिनय गरेर छायांकनको सुरुवात गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह