2026-09-16 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा विद्यालयहरूलाइ शान्तीक्षेत्र घोषणाको लहर

shanti xetraदलसिंह गिरी/पुस ३, कालिकोट। कालिकोटमा रहेका सामुदायिक विद्यालयहरूलाइ शान्तिक्षेत्र घोषणाको लहर चलेको छ ।

विद्यालय शान्तिक्षेत्र हो, यसको पूर्ण कार्यान्वयन गरौ, विद्यालयलाई हिंसा, दुव्र्यवहार, शोषणबाट मुक्त राखौ भन्ने मुल नाराका साथ जिल्लाका विभिन्न क्षेत्रमा विद्यालयलाइ शान्तिक्षेत्र घोषणा अभियान ब्यापक चल्रेको छ ।

यसैक्रममा श्री शंकर उच्च माध्यामिक विद्यालय सेरिज्यूला रकु लाइ २०७२ मंसिर २८ गते एक भव्य समारोहका बिच विद्यालय शान्ति क्षेत्र घोषणा भएको छ ।

विद्यालयमा सशस्त्र गतिविधि र अन्य हिंसाबाट मुक्त राख्न, दलगत राजैतिक तथा अन्य हस्तक्षेपबाट मुक्त राख्न र भेदभाव, शोषण, वेवास्ता र दुव्र्यवहारबाट मुक्त राख्ने अभिभावक तथा स्थानीय राजनैतिक दलको प्रतिवद्धताका साथ विद्यालयलाइ शान्तिक्षेत्रघोषणा गरिएको हो ।

कार्यक्रममा गाविसका भिन्न राजनैतिकदलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थीहरु, अभिभावक गरी करीव ४०० भन्दा बढीको सहभागिता सहितको प्रतिवद्धता रहेको विद्यालयका प्राधानाध्याक टेकबहादुर गिरीले बताउनु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नौलासिं गिरीको अध्यक्षता सेभ द चिल्डेन शिक्षा परियोजना अधिकृत चेतराज पाध्यायको प्रमुख आथित्यता लगायत विभिन्न संचार मेडियाका संचारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा ११ बुँदे घोषणा पत्रजारी गरी विद्यालय शान्तिक्षेत्रको पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त समेत गरिएको छ ।

shantixetra

यसै वर्ष मात्र कालिकोट जिल्लामा किर्डाक र सेभ द चिल्डेनको साझेदारीमा संचालित १२ वटा गाविसहरुका १८ वटा (अम्विकानिमावि, शंकर उमावि (रकु), कालिका मावि र बडुरुख निमावि (मेलमुडी), महादेव प्रावि (मुम्रा), कालिका प्रावि, सियाला र कालिका प्रावि कामखेत (चिलखाया), जनजाग्रतिनिमावि (लालु), नन्दादेवीमावि र शान्तिउमावि (मालकोट), जनताउमावि (रुप्सा), रुपानिमावि ( कुमालगाउँ), जगन्नाथप्रावि र कालिकाप्रावि (फोइमहादेव), संगिन प्रावि र डाँफे प्रावि (ओदानकु), सरस्वती निमावि र जनसेवाप्रावि (राँचुली) विद्यालयहरुले विद्यालयलाइ शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ अनुसार विद्यालय शान्तिक्षेत्रको कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर गर्न हरेक विद्यालयहरुले निम्नअनुसारका प्रतिवद्धतामा हस्ताक्षर गरेको किर्डाक नेपाल कालिकोटले जनाएको छ् ।

१. विद्यालयहाताभित्रकुनै पनि राजनैतिकक्रियाकलापहरु संचालननगर्न हामी प्रतिवद्ध छौ ।

२. विद्यालयउमेरका बालबालिकहरुलाई उनीहरुको पढाई लेखाईमाबाधा अड्चन पुर्याउने किसिमले राजनैतिकगतिविधिमा सहभागि गराईने छैन ।
३. जस्तो सुकै परिस्थितीमापनिविद्यालयको पठनपाठनमा बाधानपुर्याउनहामी प्रतिवद्ध छौ ।

४ बालबालिकाहरुको विद्यालयनिरन्तरताको सहयोग गर्न प्रतिवद्ध छौ ।
५ टुहुरा, अपांग, असहायबालबालिकाहरुको विद्यालयनिरन्तरताको लागिआवश्यक शैक्षिक सामग्रीहरु सहयोग गर्न प्रतिवद्ध छौ ।६बालबालिकाहरुको लागिखानेपानीतथाशौचालयको उचितव्यवस्था गरी खुल्लादिसामुक्तगाविस घोषणागाविसको कार्यान्वयनगर्न प्रतिवद्ध छौ ।
७ विद्यालयका हरेक क्रियाकलापहरुमाआवश्यकताको आधारमाअभिभावकतथा राजनैतिकदलहरुबा सहयोग गर्न प्रतिवद्ध छौ ।
८ विद्यालयहातामाधुम्रपान, मद्ययपान, सुर्तिजन्यतथामादकपदार्थ सेवनगरि प्रवेश नगर्न हामी प्रतिवद्ध छौ ।
९ बालबालिकाहरुका अगाडी जाँडरक्सी, विडी चुरोड, सुर्तिजन्यपदार्थ सेवननगर्न र बालबालिकाहरु मार्फत जाँडरक्सी, चुरोट बिडि र सूर्तिजन्यपदार्थ ओसार पसार बिक्रि वितरण नगर्न हामी प्रतिवद्ध छौ ।
१० गाउँ परिषद, विद्यालयव्यवस्थापन समिति र गाविस स्तरका हरेक निर्णय प्रक्रियामाबालबालिकाहरुको सहभागितालाई सुनिश्चतगर्न प्रतिवद्ध छौ ।
११ गाविस स्तरका हरेक क्रियाकलापहरु संचालनगर्दा बालबालिकाहरुको सर्वोत्तमहितलाई ध्यानदिई कामगर्न हामी प्रतिवद्ध छौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु