2026-10-20 01:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खरी सेवा समाज (धादिङ) को प्रथम फुटसल प्रतियोगिता सम्पन्न, भदुवार फुटबल क्लब च्याम्पियन

काठमाडौँ । खरी सेवा समाज (धादिङ) द्वारा आयोजित प्रथम फुटसल प्रतियोगिता–२०८३ भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। कुल १२ टिमको उत्साहजनक सहभागिता रहेको प्रतियोगितामा भदुवार फुटबल क्लब ‘समुह बि’ च्याम्पियन बनेको छ ।

प्रतियोगिताको फाइनल खेल निकै रोचक र प्रतिस्पर्धात्मक बनेको थियो । भदुवार फुटबल क्लब (समूह-बि) र सहारा फुटबल क्लब (समूह-बि) बीच भएको उक्त खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलको निर्णयका लागि पेनाल्टी सुटआउटमा पुग्दा भदुवार फुटबल क्लबले सहारा फुटबल क्लबलाई पराजित गरी उपाधि आफ्नो नाममा गर्न सफल भयो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने भदुवार फुटबल क्लबले रु १५ हजार नगदसहित ट्रफी प्राप्त गरेको छ भने द्वितीय हुने सहारा फुटबल क्लबले रु १० हजार नगदसहित ट्रफी हात पारेको छ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष सम्मान गरिएको छ। बेस्ट प्लेयर, बेस्ट किपर तथा कान्छा खेलाडीलाई मेडलसहित नगद पुरस्कार प्रदान गरिएको छ। साथै, खेल आयोजना गर्न सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो।

प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, आयोजक समिति, सहयोगी संस्था तथा प्रायोजकहरूप्रति खरी सेवा समाजका अध्यक्ष भरत अधिकारीले हार्दिक धन्यवाद व्यक्त गरे । खेलको उद्घाटन ससस्त्र प्रहरी बलका एसएसपी राजेन्द्र खड्काले गरेका थिए ।

रोमाञ्चक प्रतियोगितामा ज्वालामुखी गाउँपालिका-५ (खरी) बाट काठमाडौँमा रहेका खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले खेलाडीहरूलाई निरन्तर हौसला प्रदान गरेका थिए। प्रतियोगिताले गाउँ–समाजमा खेलकुदप्रति रुचि बढाउनुका साथै आपसी एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ