२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रधानाध्यापकले लाखौ रकम हिनामिना गरेको भन्दै जिशिकामा ज्ञापनपत्र

२५ माघ २०७२, सोमबार १३:०३

माघ २५, कालिकोट । विद्यालयका प्रधानाध्यापकले विद्यालयको नाममा रहेको लाखौ रकम हिनामिना गरेको भन्दै आठ राजैतिक दलहरुले संयुक्त विज्ञप्ती निकाली जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । श्री मोतिराम उमाविका प्राधानाध्यापक दानबहादुर बमले आव २०६६र०६७ देखि विद्यालयमा छात्रछात्राको नाममा आएको दिवा खाजा र छात्रवृति रकम हिनामीना गरेको भन्दै आठ राजनैतिक दलहरुले संयुक्त प्रेस विज्ञप्ती निकाली कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

सिपखाना गाउकार्य समितिमा कार्यरत विभिन्न आठ राजनैतिक दलका पार्टी प्रतिनिधिहरुले संयुक्त हस्ताक्षरमा प्रेसविज्ञप्ती जारी गर्दै मोतिराम उमाविका प्रह बमले विद्यालयको नाममा आउने छात्रवृति र दिवा खाजाको रकम हिनामीना गरी किर्ते विरभरपाई मिलाएर जिल्ला शिक्षा कार्यालयमा पेश गरेको, विद्यालय संचालनका लागि आवश्यक सामान खरिदका लागि आएको रकम हिनामीना गरेको, विद्यालयमा हाल सम्म पब्लिक अडिट समेत नगरेको, विद्यालयमा उमावि तहको शिक्षक नियुक्तीमा मनपरी गरेको, विद्यालय ब्यवस्थापन समितिको पुनर गठनका लागि कुनै पहल नगरेकाले विद्यालयमा पठनपाठन गर्ने छात्रछात्राहरुको समृद्ध भविश्य माथि खेलवाड गरेको बताएका छन् ।

जिल्ला शिक्षा कार्यालयलाई सम्बोधन गर्दै लेखिएको प्रेस विज्ञप्तीमा विद्यालयमा प्रह बमले गरेको ज्याजति गरेको भन्दै यसको छानविन गरी कार्वाहि प्रक्रिया अगाडी बढाईदिन ध्यानाआकर्षण गराएको उल्लेख गरिएको छ । यहि सम्बन्धित कार्यालयले समयमै ध्यान आक्रिष्ठ नगरे कार्यालयका कर्मचारीहरुनै जवाफदेहि हुनुपर्ने कुरा समेत अवगत गराएका छन् ।

संयुक्त प्रेस विज्ञप्तीमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, राष्टिय जनमोर्चा, माओवादी (विप्लव पक्ष), राप्रपा नेपाल, राप्रपा, नेमकिपा का गाउकार्य समितिका पदाधिकारी हरूले संयुक्त हस्ताक्षर रहेका छन् ।

kalikot

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ