१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पहाडी जिल्लामा पनि सर्पदंशको औषधि नहुँदा समस्या

१५ कार्तिक २०७४, बुधबार ०४:३३

प्रकाश धौलाकोटी/कात्तिक १५, तेह्रथुम । घाँस काट्न जाँदा सर्पले टोकेपछि गत साता जिरिखिम्तीकी देवीमाया कार्की जिल्ला अस्पताल जानुभयो । तर अस्पतालमा भर्ना भएर औषधि लगाउनुभन्दा पहिल्यै स्वास्थ्यकर्मीले यसको उपचार यहाँ हँुदैन भनिदिए । 

उपचारका लागि अस्पतालले सुविधासम्पन्न अस्पताल जान सिफारिश गरेपनि आर्थिक अवस्था कमजोर भएकाहरु जिल्ला बाहिर जान सक्दैनन् । उहाँले पनि त्यही कुरा अनुरोध गर्नुभयो । 

अन्ततः स्वास्थ्यकर्मीको निकै लामो गन्थनपछि उहाँको घाउमा औषधि त लगाइने भयो, तर औषधि लगाउनुअघि “केही भए म आफैँ जिम्मेवारी हुनेछु” भन्ने कागजमा हस्ताक्षर गरेपछि मात्र । 

चोट ठूलै देखिए पनि सर्प त्यति विषालु नपर्दा कार्कीले हस्ताक्षर गरेको कागजमा लेखिएजस्तो दुर्गती भोग्न परेन । जिल्ला अस्पतालको सामान्य उपचारले नै उहाँलाई ठीक भयो । चार दिन अस्पताल बसेर घर फर्किन लाग्दा उहाँले भन्नुभयो, “सर्पले टोकेपछि अस्पताल आउँदा डाक्टरले नै त्यसो भनिदिएपछि मेरो त बाँच्ने आसै मरेको थियो ।” 

कार्कीजस्तै जिल्ला अस्पताल आउने धेरैले यस्तै त्रास भोग्नुपर्छ । जिल्ला अस्पताल र मातहतका अरु स्वास्थ्य संस्था र छिमेकका जिल्ला अस्पतालमा समेत सर्पदंशको उपचार गर्ने औषधि नहुँदा बिरामीलाई यस्तो व्यवहार गर्न परेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला अस्पतालमा सर्पदंशका बिरामी आइरहने गरेपनि औषधि नहुँदा समस्या भएको अस्पताल स्रोतले बतायो । 

सर्पदंश जस्तै विषालु च्याउ खाएर हुने बिरामीको उपचारका लागि पनि जिल्ला अस्पतालमा औषधि छैन । विषालु सर्प पहाडी जिल्लामा नपाइने भनिए पनि पछिल्ला वर्षमा सर्पको टोकाइबाट ज्यान जान थालेको छ । विषालु च्याउ खाएर पनि गत वर्ष एक वृद्धाको ज्यान गयो । तीन महिनाअघि नौजना बिरामी परेकाहरुले धरान गएर उपचार गराए । 

जिल्ला अस्पतालमा पटकपटक औषधि माग गरेपनि सर्पदंशको औषधि देशैभरिका अस्पतालमा अभाव हुने र अझ पहाडी जिल्लामा त पठाउँदै नपठाउने गरेको अस्पतालका प्रमुख डा मुक्तनारायण शाहले बताउनुभयो । 

अस्पतालले औषधि माग गरे पनि पठाउँदैनन्, डा शाहले भन्नुभयो, “त्यसैले हामी बिरामीको उपचार यहाँ गराउन सक्दैनौँ, सामान्य उपचारले पनि नतिजा खतरा ल्याउन सक्छ भनेर बिरामीलाई त्यस्तो हस्ताक्षर गराउनुपरेको हो ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट