२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पहाडी जिल्लामा पनि सर्पदंशको औषधि नहुँदा समस्या

२०७४, १५ कार्तिक बुधबार ०४:३३

प्रकाश धौलाकोटी/कात्तिक १५, तेह्रथुम । घाँस काट्न जाँदा सर्पले टोकेपछि गत साता जिरिखिम्तीकी देवीमाया कार्की जिल्ला अस्पताल जानुभयो । तर अस्पतालमा भर्ना भएर औषधि लगाउनुभन्दा पहिल्यै स्वास्थ्यकर्मीले यसको उपचार यहाँ हँुदैन भनिदिए । 

उपचारका लागि अस्पतालले सुविधासम्पन्न अस्पताल जान सिफारिश गरेपनि आर्थिक अवस्था कमजोर भएकाहरु जिल्ला बाहिर जान सक्दैनन् । उहाँले पनि त्यही कुरा अनुरोध गर्नुभयो । 

अन्ततः स्वास्थ्यकर्मीको निकै लामो गन्थनपछि उहाँको घाउमा औषधि त लगाइने भयो, तर औषधि लगाउनुअघि “केही भए म आफैँ जिम्मेवारी हुनेछु” भन्ने कागजमा हस्ताक्षर गरेपछि मात्र । 

चोट ठूलै देखिए पनि सर्प त्यति विषालु नपर्दा कार्कीले हस्ताक्षर गरेको कागजमा लेखिएजस्तो दुर्गती भोग्न परेन । जिल्ला अस्पतालको सामान्य उपचारले नै उहाँलाई ठीक भयो । चार दिन अस्पताल बसेर घर फर्किन लाग्दा उहाँले भन्नुभयो, “सर्पले टोकेपछि अस्पताल आउँदा डाक्टरले नै त्यसो भनिदिएपछि मेरो त बाँच्ने आसै मरेको थियो ।” 

कार्कीजस्तै जिल्ला अस्पताल आउने धेरैले यस्तै त्रास भोग्नुपर्छ । जिल्ला अस्पताल र मातहतका अरु स्वास्थ्य संस्था र छिमेकका जिल्ला अस्पतालमा समेत सर्पदंशको उपचार गर्ने औषधि नहुँदा बिरामीलाई यस्तो व्यवहार गर्न परेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्ला अस्पतालमा सर्पदंशका बिरामी आइरहने गरेपनि औषधि नहुँदा समस्या भएको अस्पताल स्रोतले बतायो । 

सर्पदंश जस्तै विषालु च्याउ खाएर हुने बिरामीको उपचारका लागि पनि जिल्ला अस्पतालमा औषधि छैन । विषालु सर्प पहाडी जिल्लामा नपाइने भनिए पनि पछिल्ला वर्षमा सर्पको टोकाइबाट ज्यान जान थालेको छ । विषालु च्याउ खाएर पनि गत वर्ष एक वृद्धाको ज्यान गयो । तीन महिनाअघि नौजना बिरामी परेकाहरुले धरान गएर उपचार गराए । 

जिल्ला अस्पतालमा पटकपटक औषधि माग गरेपनि सर्पदंशको औषधि देशैभरिका अस्पतालमा अभाव हुने र अझ पहाडी जिल्लामा त पठाउँदै नपठाउने गरेको अस्पतालका प्रमुख डा मुक्तनारायण शाहले बताउनुभयो । 

अस्पतालले औषधि माग गरे पनि पठाउँदैनन्, डा शाहले भन्नुभयो, “त्यसैले हामी बिरामीको उपचार यहाँ गराउन सक्दैनौँ, सामान्य उपचारले पनि नतिजा खतरा ल्याउन सक्छ भनेर बिरामीलाई त्यस्तो हस्ताक्षर गराउनुपरेको हो ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ