२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका आठ गाविस नगरपालिकाका लागि सिफरिस

५ फाल्गुन २०७२, बुधबार १३:११

दलसिंह गिरी/फागुन ५, कालिकोट । जिल्लाका आठ ओटा गाविसहरु नगरपालिका का लागि सिफारिस भएका छन् ।

नगरपालिकाका लागि सदरमुकाम देखि पूर्वी क्षेत्रका चार र पश्चिम क्षेत्रका चार गाविस गरी आठ गाविसलाई नगरपालिकामा सिफारिस गरिएको हो । एक जिल्लामा एक नगरपालिका बनाउने नेपाल सरकारको योजना अनुसार आवश्यक मापदण्डलाई आधार मानी दुई वटा नगरपालिका सिफारिस गरी पठाइएको हो ।

जिल्ला विकास समिति कालीकोटका सूचना अधिकारी एवंम नायव सुब्बा प्रवलजंग शाहीले दिएको जानकारी अनुसार पूर्वी क्षेत्रका मान्म, बदालकोट, दाँहा र पाँखा गाविसलाई समेटीने गरी खाँडाचक्र नगरपालिका र पश्चिम क्षेत्रका नबकउ झयतष्अयलुना, फुकोट, सिपखाना र मुम्रा गाविसलाई समेटी रास्कोट नगरपालिका का लागि सिफारिस भएको जनाईएको छ ।

वहाका अनुसार सडक यातायात, विद्युत र बैंकिङ् कारोबारलाई हेर्दा खाँडाचक्र नगरपालिका सम्भावना रहेको छ भने रास्कोट नगरपालिका सडकको विस्तार भईरहेकाले सबै प्रक्रिया अनुसार सिफारिसका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सिफारिस गरिएको जिविसले बताएको छ ।

जिल्लामा ३० गाविस छन् भने अब दुई नगरापालिका घोषणा भएपछि २२ गाविस दुई नगरपालिका हुने छन् । कर्नाली अंचलमा यसअघि जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका घोषणा भएको थियो भने कर्नालीका अन्य जिल्लामा नगरपालिका घोषणा हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान