फागुन २२, कालिकाेट । जिल्ला सदरमुकाम मान्म देखि पश्चिम उत्तर तर्फ पर्ने स्यूना गाविसमा अाज स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।
जिल्ला स्वास्थ्य कार्यालय कालिकाेटको आयोजनामा स्यूनाकाे सान्तिघाटमा संचालीत स्वास्थ्य शिबिरमा बिभिन्न राेगका बिरामीहरूलाइ चेकजाच तथा स्वास्थ्य सरसफाइ सम्बन्धि शिक्षा प्रदान गरी शिविर सम्पन्न भएकाे हाे ।
शिबिरमा २ सय ५६ जनाले सेवा प्राप्त गरेकाे जिल्ला स्वास्थ्य कार्यालय कािलकाेटले जनाएकाे छ । सेवा पाउनेमा १ सय ५६ महिला र १ सय पुरूष रहेकाे कार्यालयले जनाएकाे छ ।
जसमा ५ जनाले इम्प्लान्ट, ६ जना पाठेघर खसेकालाई अप्रेसनका लागि प्रेषण गरीएको, ६४ जनालाई रिंग प्रेसरी, १ जनालाई पाठेघर सम्बन्धि उपचार, ६० जनालाई मलेरीयाको चेकजाच, १ सय ८९ जनालाई एचआइभि परीक्षण, २ जनाको क्षयरोगको परीक्षण गरीनुका साथै २ सय ५६ जनालाई स्वास्थ्य शिक्षा प्रदान गरीएको जिल्ला स्वास्थ्य कार्यालयका पुनरजागरण कार्यक्रम प्रमुख मिन बहादुर बिष्टले जानकारी दिनु भएकाे छ ।
शिविर जिल्ला स्वास्थ्य कार्यालय कालिकाेटका प्रमूख डा. कौशल वलीको नेतृत्वमा शिविर संचालन गरि सम्पन्न भएकाे बिष्टले जानकारी दिनु भएकाे छ ।