2026-07-25 01:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मानव बेचविखन तथा ओसार पसार नियन्त्रण गर्न अभिमुखिकरण

दलसिंह गिरी/चैत २, कालिकोट । मानब बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि समुदायलाई सचेतिकरण गराउन १ दिने अभिमुखीकरण गोष्ठीको आयोजना गरिएको महिला तथा बालबालिका कार्यालय कालिकोटले जनाएको छ ।

जिल्लाका भर्ता गाविस वडा नं ८, मान्म गाविस वडा नं. १, २, ३, ४, ५, ७, ८, फोईमहाँदेब गाविसको वडा नं १ नाग्म वजारमा गठित मानब बेचविखन तथा ओसारपसार नियन्त्रण समितिका पदाधिकारीहरुको क्षमता विकासका लागि गोष्ठीको आयोजना गरिएको कार्यालयले जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यतामा जिल्ला सदरमुकाममा आज संचालित गोष्ठीमा प्रमुख अथिति श्रेष्ठले मानव बेचविखन तथा ओसार पसारको अर्थ र परिभाषका वारेमा सहभागिलाई प्रस्ट्याउनु भएको, मानव वेचविखन तथा ओसार पसार नियन्त्रण ऐन नियम र कार्यान्वयनको अबस्थाका वारेमा जिल्ला न्यायधिबक्त उत्तम थापाले सहजिकरण गर्नु भएको र मानव बेचविखन अपराध नियन्त्रणबारे समुदायमा गठित समुहले खेल्नु पर्ने भूमिकाबारे जिल्ला प्रहरी कार्यालय प्रमुख किसनसिंह वुडालले सहजिकरण गर्नुभएको महिला तथा बालबालिका कार्यालय कालिकोटले जनाएको छ ।

यसै गरी मानब बेचविखन तथा ओसार पसार नियन्त्रण कार्य योजना तयारीका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी पदम लामिछाने र मानब बेचविखन विरुद्धको स्थानीय समिति गठन तथा परिचालन निर्देसिका २०७० का वारे महिला विकास अधिकृत सिता थापाले सहजिकरण गर्नुभएको महिला निरिक्षक सविता राणाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक