2026-07-11 10:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको नेपाली दूतावासले नेपालमा व्यापार, लगानी, पर्यटन, प्रविधि तथा व्यवसायिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले “नेपाल–यूएई आर्थिक साझेदारी (Nepal–UAE Economic Partnership)” कार्यक्रम आयोजना गरेको छ ।

जुलाई ९ मा अबुधाबीस्थित कोनार्ड होटल, इत्तिहाद टावर्समा आयोजित कार्यक्रममा नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै नेपाल–यूएईबीचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको उद्घाटन परराष्ट्रमन्त्री डा. शिशिर खनालको सन्देशमार्फत गरिएको थियो । उहाँले यूएईका लगानीकर्ता तथा व्यवसायीलाई नेपालका प्राथमिकताका क्षेत्रमा लगानी गर्न स्वागत गर्दै नेपाल सरकार दीर्घकालीन तथा पारस्परिक लाभ हुने साझेदारीका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा यूएईको विदेश व्यापार मन्त्रालयका अवर सचिव फहाद अल गर्गावी, अर्थतथा पर्यटन मन्त्रीका सल्लाहकार तथा अबुधाबी चेम्बरका कोषाध्यक्ष जुमा मोहम्मद अल कैत सहित यूएई सरकारका उच्च अधिकारी, नीति निर्माता, प्रमुख कार्यकारी अधिकृत (CEO), उद्योगी, व्यवसायी, लगानीकर्ता तथा उद्यमीहरूको सहभागिता रहेको दूतावासले जनाएको छ ।

नेपालका लागि यूएईस्थित राजदूत तेजबहादुर क्षेत्रीले आफ्नो सम्बोधनमा नेपाल–यूएईबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप आर्थिक सहकार्यमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले नेपालमा लगानीमैत्री वातावरण, जारी आर्थिक सुधार तथा स्वच्छ ऊर्जा, जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादनमूलक उद्योग र पूर्वाधारजस्ता क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै यूएईका लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा नेपालको आर्थिक अवस्था, लगानीको वातावरण तथा द्विपक्षीय व्यापारका सम्भावनाबारे विभिन्न विषयगत प्रस्तुति पनि प्रस्तुत गरिएका थिए।

दूतावासकी काउन्सिलर तथा उपनियोग प्रमुख रञ्जिता दाहालले नेपालको आर्थिक अवस्था, लगानीको वातावरण र उदीयमान व्यवसायिक अवसरबारे प्रस्तुति दिनुभएको थियो।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का मनोज पौडेलले नेपालमा व्यापार तथा लगानीका सम्भावना, डेलोइट एन्ड टुचे, अबुधाबीका अभिमान जोशीले नेपाल–यूएई लगानी तथा कर प्रणालीसम्बन्धी कानुनी र नियामकीय पक्ष तथा फिनटेक एलायन्स नेपालका पूर्वअध्यक्ष साजन शर्माले नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्र, डिजिटल रूपान्तरण र लगानीका अवसरबारे प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, व्यावसायिक कृषि, पूर्वाधार, सूचना प्रविधि, जडीबुटी तथा औषधिजन्य उद्योग, ई–कमर्स, नवप्रवर्तन र डिजिटल अर्थतन्त्रलगायतका विषयमा विशेष छलफल भएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार कार्यक्रममा १२० भन्दा बढी विशिष्ट अतिथि सहभागी थिए । सहभागीहरूमा अबुधाबी चेम्बरका प्रतिनिधि, यूएई सरकारका अधिकारी, विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ, एयरलाइन्स तथा पर्यटन क्षेत्रका प्रतिनिधि, ट्रेकर, ब्लगर, सञ्चारकर्मी, गैरआवासीय नेपाली संघ (NRNA) का प्रतिनिधि तथा नेपाली व्यवसायिक समुदायका सदस्यहरू रहेका थिए।

कार्यक्रममा नेपाली संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति, नेपाली हस्तकलाको प्रदर्शनी तथा नेपाली अर्थोडक्स चिया समेटिएको उपहार सामग्री वितरण गरिएको थियो। साथै नेपालको व्यापार तथा लगानी सम्भावना झल्काउने प्रवर्द्धनात्मक भिडियो प्रदर्शन गरिएको थियो। कार्यक्रम अन्त्यमा सहभागीबीच नेटवर्किङ सत्र समेत आयोजना गरिएको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस