२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

र्याप थ्रीले जन्माएका बच्चा विचैमा अलपत्र

२०७२, ७ चैत्र आईतवार १७:२८

kalikot news

दलसिंह गिरी । चैत्र ७, कालिकोट । जिल्लामा सन २०१३ अक्टोबर बाट स्थानीय साझेदार संस्था भिडिसेफ मार्फत ग्रामिण पहुँच तेश्रो चरणको कार्यक्रम (र्याप थ्री) परियोजनाको सामाजिक तथा आर्थिक विकासको कार्यक्रम (सेडपी) गर्दै आएको हेल्भेटासले र्याप थ्री परियोजना बाट हात झिकेको जनाएको छ ।

नेपाल सरकार र बेलायत सरकारको संयुक्त प्रयासमा संचालित र्याप थ्री कार्यक्रम सन २०१३ देखि २०१७ सम्म कार्यान्वयनका लागि आई.एम.सी वल्र्डवाईड संग लिखित सम्झौता भएपनि आई.एम.सी वल्र्डवाईड ले सम्झौताको तेश्रो बर्षको सुरुवात मै सामाजिक तथा आर्थिक विकास कार्यक्रम (सेडपी)को कार्यशैली परिवर्तन गरेको हुदाँ परिवर्तित कार्यशैलीमा हेल्भेटासले काम गर्न नसक्ने भन्दै कार्यक्रमबाट हात झिकेको जनाएको हो ।

जिल्ला विकास समिति कालिकोटका निमित्त स्थानीय विकास अधिकारी भोलाप्रसाद चापागाई अध्यक्षता प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यतामा हेल्भेटास नेपाल कालिकोटले सदरमुकाम मान्ममा आज एक कार्यक्रमको आयोजना गरी र्याप थ्री संगको साझेदारमा विगत २ बर्ष देखि सामाजिक तथा आर्थिक विकास कार्यक्रम (सेडपी) संचालन गरी त्यसबाट भएको प्रगतिवारे सरोकारवालाहरुलाई जानकारी गराएको छ ।

संचालित जिल्लाका ४ वटा गाविस सिपखाना, स्यूना फुकोट र राम्नाकोट गाविसमा ग्रामिण सडक विस्तारका साथै सम्बन्धित गाविसका समुदायहरुको आर्थिक तथा सामाजिक उत्थानका लागि विभिन्न उद्यमशिल मुलक कार्यक्रम संचालन गरेको हेल्भेटास नेपालले जनाएको छ । संचालित कार्यक्रम प्रगतिवारे प्रस्तुत गर्दै हेल्भेटासका प्राविधिक इन्जीनियर नरजंग शाहीले सामाजिक तथा आर्थिक विकासका लागि हेल्भेटासले संचालन गरेको सामाजिक क्रियाकलाप तर्फ ४ गाविसका १ हजार ३ सय १२ घरधुरीका ६९ सडक निर्माण समुह गठन गरी सडक निर्माण कार्य भैरहेको र आर्थिक क्रियाकलाप तर्फ ५४० घरधुरीमा ५ सह क्षेत्रहरु (तरकारी, वीउ, फलफूल, बाख्रापालन र गैर काष्ठ वन पैदावार) निर्माण गरी ८ वटा कृषक पाठशाला संचालन गरेको, एग्रोभेट, नर्सरी र तरकारी वीउ त्पादन जस्ता ३४ वटा सेवा प्रदायक समुह निर्माण गरेको, सिचाईपोखरी, बहुउपयोगी जल प्रणाली निर्माण, उत्पादी बस्तुको बजारीकरणका लागि बजार ब्यवस्थापन समिति निर्माण जस्ता आर्थिक जीवनस्तर उठ्ने खालका विभिन्न कार्यक्रम संचालन गरेको बताउनु भएको छ ।

जिल्लामा संचालित र्याप थ्री कार्यक्रमबाट आफुले हात झिके पनि आफ्ना अन्य परियोजना मार्फत जिल्लामा कृषि र सुशासन सम्बन्धि विभिन्न कार्यक्रम निरन्तर गर्दै जाने हेल्भेटास नेपाल कालिकोटका संयोजक लेखनाथ खरेलले बताउनु भएको छ ।

जिल्ला सदरमुकाम मान्मको ह्वाइटहासमा संचालित कार्यक्रमका सहभागिहरुले र्याप थ्री कार्यक्रमले बच्चा जन्माएर हुकाउनुको साटो विचैमा अलपत्र पारेको भन्दै सामाजिक तथा आर्थिक विकास कार्यक्रम मार्फत कृषकहरुलाई उद्यमशिलता तर्फ जागृत गराई कार्यक्रमलाई निरन्तरता दिन जिल्ला विकास समिति मार्फत आई.एम.सी वल्र्डवाईडलाई लिखित अनुरोध गर्न पर्नेमा जोड दिएका छन् । यसका लागि राजनैतिकदल, स्थानीय उपभोक्ता समिति सरोकार निकायले आफ्नो तर्फबाट के गर्न पर्नेहो त्यो गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट