२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा विपद ब्यवस्थापन सम्बन्धि कार्ययोजना बन्दै

१७ चैत्र २०७२, बुधबार १२:०१

दलसिंह गिरी, चैत्र १७, कालिकोट / विपदको उच्च जोखिममा रहेको कालिकोटमा आज विपद जोखिम न्यूनिकरण सम्बन्धि दुई दिने अन्तरक्रियात्मक गोष्ठी संचालन भएको छ । जिल्ला विकास समिति कालिकोटको आयोजना यूनिसेफ नेपालको आर्थिक सहयोगमा अन्तरक्रियात्मक गोष्ठी संचालन भएको हो ।

bipad

निमित्त स्थानीय विकास अधिकारी भोला प्रसाद चापागाईको अध्यक्षता प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यता, विभिन्न राजनैतिक दल, सम्बन्धित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा हाल जिल्लामा विपद जोखिमको अवस्था र यसलाई न्यूनिकरण गर्न सरोकारवाला निकायले खेल्न पर्ने भूमिका बारे छलफल भएको छ ।

विपद ब्यवस्थापनका लागि आवश्यक कार्ययोजना निर्माणका लागि ७ वटा विषयगत समुहमा विपद निम्त्याउने कारण र न्यूनिकरणका उपाएहरुबारे समुह समुहमा समेत छलफल भएको जिल्ला विकास समिति अन्तर्गत एलजिसिडीपी कार्यक्रमका सरकार सासन विज्ञ नाराणय लामाले बताउनु भएको छ ।

दुई दिन सम्म संचालन हुने अन्तरक्रियात्क गोष्ठीको अन्तिम दिन संयुक्त छलफल गरी कार्ययोजना समेत घोषणा गर्ने कार्यक्रम रहेको लामाले बताउनु भएको छ ।

कालिकोटमा हाल बिपद जोखिमको प्रमुख कारणहरु मध्य पहिरो पहिलो स्थानमा रहेको, खडेरी दोश्रो चरणमा, बाढी तेश्रो स्थानमा, ढुंगा खस्ने चौथो स्थानमा हावाहुरी पाचौं, असिना छैंठौं, आगलागी सातौं, महामारी आठौं र हिमपात नवौं स्थानमा रहेको भन्दै जिविसले एक तथ्यांक समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह