२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

राष्ट्रगुरु योगी नरहरी नाथको सम्झनामा शालीक शिलान्यास

२०७२, २८ चैत्र आईतवार ०८:५६

दलसि‌ंह गिरी, चैत्र २८, कालिकोट । राष्ट्रगुरु योगी नरहरी नाथको सम्झानामा जिल्ला सदरमुकाम मान्ममा शालिक सिलान्यास गरिएको छ । नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री बलबहादुर महतले शालिकको शिलान्यास गर्नु भएको हो ।

salik

शालिकको शिलान्यास कार्यक्रममा बोल्दै राज्यमन्त्री महतले राष्ट्रगुरु योगी नरहरीनाथको शालिक शिलान्यास गर्न पाउदा धेरै हर्सित रहेको बताउनु भएको छ ।

कालिकोट जस्तो विकट जिल्लामा जन्मिनु भएका योगी नरहरी नाथले कला, शाहित्य, सस्कृति र भाषा भेषभूषाको जगेर्नाका लागि अन्तराष्ट्रिय स्तर सम्म समेत अतुलनीय योगदान गर्नुभएको राज्यमन्त्री महतले बताउनु भएको छ । नेपालका उद्धट आध्यात्मीक राष्टगुरुको सम्झनामा शालिक निर्माण गर्नु योगी गुरु प्रतिको सम्मान रहेको महतले बताउनु भयो ।

पर्यटन मन्त्रालय अन्तर्गत प्रर्यटन प्रवद्धन विकास समितिको ९ लाख आर्थिक सहयोगमा शालिक निर्माण हुन लागेको पर्यटन विकास केन्द्रका अध्यक्ष भवानी प्रसाद आचार्यले बताउनु भएको छ ।

वेद, वेदान्त, इतिहास, पुरातत्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान योगी आजीवन अन्वेषकका रूपमा रहेका योगी गुरुले देश एवं विदेशका धेरै ऐतिहासिक तथा पुरातात्विीक स्थानहरूको भ्रमण गरेर अध्ययन अनुसन्धान गर्नु भएको जानकारहरु बताउछन् । संस्कृत र नेपाली भाषामा रचित योगी नरहरिनाथका धेरै कृतिहरू प्रकाशनमा आएका पाइन्छन् ।

राष्ट्रगुरु योगी विक्रम सम्वत १९७१ फागुन १७ गते कालिकोट जिल्ला लालु गाविस स्थीत थापाटोलका पिता ललित थापा र माता गौरीथापाको कोखबाट जन्मिनु भएको र वहाको बाल्यकालको नाम बलविर कृष्ण थापा रहेको जनाकारहरु बताउछन् ।

योगी नरहरीनाथ द्वारा लिखित केही कृतिहरू

इतिहासप्रकाश सन्धिपत्र सङ्ग्रहृ(१)
गोर्खा वंशावली (९२००९०)
गोर्खालीको सैनिक इतिहास (९२०११०)
इतिहासप्रकाश, अङ्क २, भाग ३ (९२०१३०)
हाम्रो गोर्खा र राष्ट्रध्वज वन्दना (९२०१५०)
हिमवत् खण्ड,
देवभूमि भारत,
आध्यात्मिक नेपाल,
हाम्रो देशदर्शन(२०३२०)
इतिहासप्रकाश भाग २ (९२०१३०)
देवमाला वंशावली,
देवता तीर्थमाला,
हाम्रो मौलिकता (२०१५०)
योगतरङ्गिणी,
रुद्राक्षारण्यमहात्म्यम् (२०१५०)
मत्स्येन्द्रनाथ पद्य शतकम् (२०१८०)
गरुङ वंशावली,
किरात वंशावली,
छत्तिस जात र चौसठ्ठी जातको वंशावली,
गोरक्षयोग मञ्जरी,
नवनाथ चौरासी सिद्ध,
नवनाथ कथा,
हाम्रो देश दर्शन (२०३२०)
ऐतिहासिक यात्रा (शिखरिणी यात्रा) २०३७
विश्वहिन्दू सम्मेलनको रूपरेखा (२०३७०)
हिखरिणी यात्रा (२०४९)
जापानम् शब्दचित्रम्,
मात्रृभूमि वन्दना ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला