२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सामुदायिक बनमा आगलागी करोडौको क्षति

२०७३, १० बैशाख शुक्रबार ०९:५०

बैशाख १०, कालिकोट । बदालकोट गाविसको वडा नं. १ बरातु सामुदायिक बनमा आगलागी हुदा करोडौंको जडिबुटी जन्य बस्तु तथा खोटो जले नष्ट भएको छ । बुधवार देखि लागेको आगोले सामुदायिक बनमा रहेको पाखन बेद, जटामसी, बनचुते, चिराइतो, गुर्जो, जस्ता विभिन्न जडिबुटी नस्ट भएको हो भने बागेश्वरी खोटो कम्पनीले संकलन गरेको लाखौं मुल्य बरावरको खोटो जलेर नष्ट भएको हो ।

kalikot

आगलागीका कारण बरातु सामुदायिक बनहुदै ल्याएको पिउने पानी तथा सिचाई पानीको पाईप जलेर नष्ट भएर गएको छ । पाईप जलेर नस्ट हुदा पिउने पानी र तरकारी खेतीमा सिचाई गर्ने पानीको समस्या आएको बरातु सामुदायिक बनका अध्यक्ष मिन बहादुर रोकायाले बताउनु भएको छ ।

चुलिमालिका सामुदायिक बन मान्मको सल्लीबारी बाट बरातु सामुदायिक बनमा लाग्दा सबै सामुदायिक बन आगलागीबाट सखाप भएको रोकायाले बताउनु भएको छ । चेत्र बैशाखको खडेरीका कारण खुख्खा बनजंगल भएको र बुधबार रातीको समय बनमा आगो प्रबेश गरेका कारण आगो नियन्त्रण गर्न नसकी पुरै बन सखाप भएको रोकायाले बताउनु भयो ।

आगलागीका कारण बेमौसमी तरकारी तथा फलफुल उत्पादनमा जिल्लाकै एक प्रमुख श्रोतको रुपमा लिइने बरातु गाउमा सिचाई पानीको अभाव हुदा तरकारी तथा फलफुल खेती सिचाइमा समस्या रहेको स्थानीय अगुवा कृषक तारा गिरीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ