
काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार सुनको मूल्यमा ४ हजार ३ सय रुपैयाँ गिरावट आएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य १ सय ३५ रुपैयाँले घटेको छ ।