2026-09-28 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारमा झिनो गिरावट

2026-08-03

काठमाडौँ | शेयर बजार झिनो अंकले घटेको छ भने आज साढे ४ अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.२० प्रतिशतले घटेको छ । आज ०.०४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६८४.३३ अंकमा झरेको छ ।

समग्रमा बजार घटे पनि बैंकिङ, विकास बैंक, होटल, हाइड्रो, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा कम्पनीमा हरियाली छाएको छ भने बाँकी अरु राताम्मे भएका छन् । आज ३४९ कम्पनीका १ करोड १४ लाख ४९ हजार ९ सय ८७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २ सय ३१.४० रुपियाँ बराबरको कारोबार भएको छ । एभरेष्ट कलर लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले क्रमशः १४.९९ र ११.७७ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.४० प्रतिशतले घाटा व्यहोरेका छन् । आज रिलायन्स स्पिनिङकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको २७ करोड ६२ लाख ८७ हजार ११.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै