
काठमाडौँ | स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य आज प्रतितोलामा आठ हजार रुपैयाँले बढेर दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ९५ ले बढेर चार हजार ५७० पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भएको थियो।