२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

फाक्चामारामा ऐतिहाँसिक सत्यहाङ्गमा मेला

२०७४, २५ कार्तिक शनिबार ०२:२६

कात्तिक २५, तेह्रथुम । तेह्रथुमको छथर गाँउपालिका–४, फाक्चामारामा लाग्दै आएको ऐतिहासिक सत्यहाङ्मा मेला यो वर्षपनि सन्चालन हुने भएको छ । 

मंसिर २४ गतेबाट सुरु हुने मेलामा विभिन्न धार्मिक तथा सांस्कृतिक र खेलकुद कार्यक्रमहरु सन्चालनको तयारी भइरहेको आयोजकले जनाएको छ । 

मेलाको अवसरमा खुल्ला पुरुष फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता, ढोलनाच प्रतियोगिता र चासोक तङनाम अष्टयोग्य शान्ति पाठ पुजा लगायतका कार्यक्रम तयार गरिएको थोक्चोलुङ तोपा माङहीम तथा खेलकुद विकास समितिका अध्यक्ष देवेन्द्र लिम्बुले बताउनुभयो । 

फुटबल प्रतियोगितातर्फ विजेताले नगद ४० हजार र उपविजेताले २५ हजार रुपैयाँ सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । नृत्य प्रतियोगितातर्फ प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु. १० हजार, ६ हजार र ३ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । मेलामा तेह्रथुम, पाँचथर र धनकुटाका मानिसहरु आउने गर्दछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश