सास । कार्तिक २५, बर्दिया ।

एउटा साँघुरो सभाहल, अटसमटस सहभागीहरुका साथ आयोजकहरु आ–आफ्नै तौर तरीकाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै थिए । कसैले उद्घाटन कार्यक्रम गर्दै थिए भने कसैले लोकार्पण, कसैले सहकारीको वार्षिक सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । कार्तिक २५, बर्दिया ।

एउटा साँघुरो सभाहल, अटसमटस सहभागीहरुका साथ आयोजकहरु आ–आफ्नै तौर तरीकाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै थिए । कसैले उद्घाटन कार्यक्रम गर्दै थिए भने कसैले लोकार्पण, कसैले सहकारीको वार्षिक सा"/>

2026-09-15 02:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

एउटै हलमा आधा दर्जन कार्यक्रम

सास । कार्तिक २५, बर्दिया ।

एउटा साँघुरो सभाहल, अटसमटस सहभागीहरुका साथ आयोजकहरु आ–आफ्नै तौर तरीकाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै थिए । कसैले उद्घाटन कार्यक्रम गर्दै थिए भने कसैले लोकार्पण, कसैले सहकारीको वार्षिक साधारण सभा गर्दै थिए भने कसैले श्रद्धाञ्जली कार्यक्रम गर्दै थिए । कसरी संभव भयो होला त यसरी एउटै हलमा यति धेरै प्रकृतिका कार्यक्रम ?


उपरोक्त दृश्य साँच्चिकै कार्यक्रम नभएर बढैयाताल गाउँपालिका अन्तर्गत रहेको कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना, रोटा तथा रिड नेपालको आर्थिक सहयोगमा महिला सशक्तीकरणका लागि आयोजित पाँच दिने उद्घोषण तालिमको समापनपूर्व गरिएको अभ्यास कार्यक्रम हो । 


कार्तिक २१ गतेदेखि शुरु गरिएको तालिममा तीन दर्जन महिलाहरुको सहभागीता रहेको थियो । समापन कार्यक्रममा बोल्नुहुँदै बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दीपा गौतम सिकाइको अन्त्य नहुने भएकोले यत्ति तालिममा मात्रै सिमित हुन नुहने र आफ्नो नेतृत्व आफैले लिएर कुनै पनि संघसंस्थाहरुमा आत्मबल जागृत गर्दै आफैले नेतृत्व लिनु पर्नेमा जोड दिनुभयो । ‘यो तालिमबाट एकसे एक महिला दिदीबहिनीहरु सबल र सक्षम हुनुभएकोले अब कुनै पनि क्षेत्रमा यहाँहरुको सक्रिय सहभागीता रहने छ’, उपाध्यक्ष गौतमले बताउनुभयो । 


पुस्तकालयका अध्यक्ष दिल्ली प्रसाद गौतमले पुस्तकालयले आयोजना गरेका हालसम्मका कार्यक्रमहरुमध्ये नै उत्कृष्ट भएको र सबै सहभागीहरुको उत्साहजनक सहभागीता रहेकोले आगामी दिनमा फेरि पनि यस्तै तालिमको आयोजना गरिने बताउनुहुँदै प्रशिक्षकहरुलाई धन्यवाद दिनुभयो । ‘कार्यक्रमबाट बढैयाताल गाउँपालिकाको नेतृत्व लिन सक्ने महिला नेतृहरु तपाईंहरु नै हुनु पर्छ भन्नुहुँदै अब हरेक कार्यक्रममा यहाँहरु नै उद्घोषक बन्नु पर्छ’, वहाँले भन्नुभयो ।

कार्यक्रममा प्रशिक्षक वालकृष्ण वलीले तालिमले सहभागीहरुमा आत्मविश्वास बढेकोले यत्तिमै सिमित नरहेर आगामी दिनमा निखार्दै लैजानका लागि शुभकामना दिनुभयो । 

समापन कार्यक्रम कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र महिला विभाग प्रमुख तथा संयोजक लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

 

तालिमको सहजीकरण सञ्चारकर्मीद्वय वालकृष्ण वली र प्रभात सुवेदीले गर्नुभएको थियो ।  

   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ