2026-10-28 09:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

आश्वासन र भाषणले मात्र विकास सम्भव छैनः चन्द्र भण्डारी

प्रेम सुनार/कात्तिक २८, गुल्मी । काँग्रेस नेता एवं गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले अव यहाँका जनतालाई आश्वासन र भाषण भन्दा पनि बिकास चाहिएको धारणा व्यक्त गरेका छन् ।  

उनका प्रतिस्पर्धी एमाले नेता प्रदीप ज्ञवालीले बाम एकताले मात्र देशले निकास नपाउँने उनको धारण छ । उनले  माओवादी केन्द्रका नेता तथा अर्घाखाँचीका प्रतिनीधी सभा उमेदवार टोपबहादुर रायमाझीले आफु विरुद्ध त्यस्तो कुरा बोल्नै नसक्ने ठोकुवा गर्दै आज विभिन्न सञ्चार माध्यमा उनि विरुद्ध आएको समाचारको टोलिफोन गरी खण्डठन गरेका छन् ।

आइतबार गुल्मी आएका नेता रायमाझीले सार्वाजानिक कार्यक्रममा वोल्दै सालझण्डी फास्ट्याक चन्द्र भण्डारीले नभई गुल्मीमा ल्याउन एमाले नेता प्रदिप ज्ञवाली र माओवादी  केन्द्रका नेता सुदर्शन वरालको दवावमा आफु मन्त्री हुँदा उक्त योजना पारेको बताएका थिए । 

उनले वोलेको उक्त भिडियो समेत जस्ताको त्यस्तै सामाजिक सञ्जालमा भाईरल भएको छ । नेता भण्डारीले भने उक्त कुरा स्वीकार गरेका छैनन् । वामपन्थीहरुको विभिन्न आरोप र हल्लाका वावजुद पनि नेपाली काँग्रेस गुल्मी क्षेत्र १ को चुनावी अभियान दिनप्रतिदन उत्साहपुर्ण बन्दै गएको नेपाली काँग्रेस गुल्मी क्षेत्र १ को प्रचारप्रसार समितिका संयोजक तथा पुर्वसांसद डा.कृष्णबहादुर छन्तेलले जानकारी दिए ।            

गुल्मीको क्षेत्र  १ अन्र्तगतको प्रदेश क का प्रदेशसभासदस्यका उम्मेदवार पृथबहादुर फौजदारले, नेपाली काँग्रेसले मुलुकमा भएका हरेक परिवर्तन र जनताका हरेक समस्याको समाधानका काम गरिरहेको बताउँदै, नेपालका हरेक परिवर्तनको नेतृत्व गर्ने काँग्रेसले नजिते सम्म संविधान कार्यान्वयन र मुलुकको समग्र बिकास सम्भव नहुने बताए । प्रदेश नम्वर २ का उमेदवार धनेन्द्र कार्की पनि जनताको उत्साह संगै आफु पनि उत्साहित भएको बताए । 

नेपाली काँग्रेस गुल्मीका उपसभापति तथा युवा नेता बिष्णु वलालले, नेपाली काँग्रेसलाई नजिताए सम्म देशले निकास पाउँन नसक्ने धारणा व्यक्त गरे । 

कार्यक्रममा पुर्व सांसद कृष्ण छन्तेल, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्री, नेपाली काँग्रेसका युवा नेता महाधिवेशन प्रतिनिधि जगदीश भट्टराई, नेपाल बिद्यार्थी संघ गुल्मीका कार्यवाहक सभापति झविन्द्र पाण्डे नेपाली काँग्रेसलाई बिजयी नबनाएर सम्म लोकतन्त्र संस्थागत हुन नसक्ने धारणा राखेका थिए । यस क्षेत्रको चुवानी अभियान दिन प्रतिदिन तात्दै गएको गुल्मी क्षेत्र १ का सभापति पारिश्वर ढकाल बताउँछन् । 

ढकाल भन्छन्, यो क्षेत्रमा अरुपार्टीको तुलनामा नेपाली काँग्रेसको चुनावी अभियान तिव्र बन्दै गएको छ, । क्षेत्र १ अन्र्तगतको चन्द्रकोटको तुराड्ड,शान्तिपुर, विसुखर्क,हरेवा,वलिवाड्ड,हर्राचौर,ग्वाघा,आयोजित चुनावीसभामा वोल्दै, नेता ठुलो भएर मात्रै पुग्दैन,जनताका समस्या बुझ्न सक्ने खालको व्यक्तिलाई चुन्नुपर्ने वेला आएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था