पढ्न करिब 2 मिनेट लाग्छ

प्रेम सुनार | कार्तिक–३०, गुल्मी । गए राती गुल्मीको अर्खर्लेमा मलामी गएर फर्किर्दै गर्दा जिप दुर्घटना भएको छ । हिजो राती करिव साढे दश वजेको समयमा छल्दी पनाह घाटमा एक जना स्थानियको शव अन्त्यष्टि गरेर फर्किदै गरेको लु १ ज १५२१ नम्वरको जिप अर्खलेकै चौडिला भन्ने स्थानमा दुर्घटना हुँदा कपिलवस्तु जिल्ला वाडगंङ्गा ८ निवासी ५५ वर्षिय रुद्रबहादुर ढेंगा मगरको मृत्यु भएको हो ।

अघिल्लो दिन अर्खले मै माथी भाडगाउँमा सडकमा चलेको डोजरले पल्टाएको ढुङ्गाले किचेर मृत्यु भएका रामबहादुर दर्लामीको शव अन्त्यष्टि गरेर फर्किर्दै गर्दा उक्त स्थानको सडकबाट करिव ५० मिटर तल जिप खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवत्ता प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार जिल्ला अस्पतालबाट रिफर गरी थप उपचारका लागि पाल्पा लैजादै गर्दा ढेगा मगरको हिजै राती वाटैमा ज्यान गएको थियो । अघिल्लो दिन मृत्यु भएका दर्लामीको ढेगा मगर आफन्त थिए । जिपमा १५ जना सवार थिए । ५ जना शख्त घाईतेलाई पाल्पा पठाईएको छ ।

एक जना रिफर भएका छन भने बाँकीको जिल्ला अस्पताल तम्घासमा उपचार भई रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । लगतार पहिलो र दोश्रो दिन आफन्त गुमाएका अर्खलेवासी आफन्त वियोगको चोटपर चोटमा परेर भावविह्ल बनेका छन् ।