2026-10-19 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा

काठमाडौँ, २ कात्तिक । युरोपका फ्रान्स, इटाली, स्पेन, ग्रिस, बेल्जियम र अल्बानियामा बढ्दो शैक्षिक खर्च, बेरोजगारी, महँगी तथा आवास समस्याविरुद्ध प्रदर्शन चर्किएको छ। विद्यार्थी, श्रमिक सङ्गठन र सर्वसाधारण सडकमा उत्रिएपछि विभिन्न स्थानमा प्रहरीसँग झडप, तोडफोड, आगजनी र धरपकडका घटना भएका छन्। प्रदर्शनकारीहरूले शिक्षा क्षेत्रमा सरकारी लगानी बढाउन, रोजगारीका अवसर सिर्जना गर्न र आवासको खर्च नियन्त्रण गर्न माग गरेका छन् ।

फ्रान्समा विद्यालयको जीर्ण अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध अक्टोबर १७ मा राजधानी पेरिससहित १४० सहरमा प्रदर्शन भएको जनाइएको छ। प्रदर्शनमा करिब आठ लाख मानिस सहभागी भएको र अक्टोबर १८ सम्म करिब एक हजार आठ सय जना पक्राउ परेको समाचारमा उल्लेख छ। पेरिस, मार्सेई र बोर्डोसहित विभिन्न सहरमा तोडफोड र आगजनी भएको बताइएको छ। प्रदर्शनका क्रममा पाँच सयभन्दा बढी सुरक्षाकर्मी तथा दमकलकर्मी घाइते भएको दाबी गरिएको छ। राष्ट्रपति इमानुएल म्याक्रों र प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले हिंसात्मक गतिविधिको निन्दा गरेका छन्।

इटालीमा शिक्षामा पर्याप्त सरकारी लगानी नभएको, विद्यालयहरूको अवस्था कमजोर रहेको र पढाइ खर्च बढेको भन्दै विद्यार्थी आन्दोलन चर्किएको छ। रोम र ट्युरिनलगायतका सहरमा विद्यार्थीहरूले विभिन्न विद्यालय कब्जा गरेका छन्। अक्टोबर १६ मा हजारौँ विद्यार्थीले शिक्षा मन्त्रालयसम्म विरोध मार्च गरेका थिए। विद्यार्थी सङ्गठनहरूले विद्यालय सुधार, सस्तो छात्रावास र शिक्षा बजेट वृद्धिको माग गर्दै अक्टोबर ३० मा राष्ट्रव्यापी हड्ताल गर्ने घोषणा गरेका छन्।

स्पेनमा महँगो घरभाडा र आवास सङ्कटविरुद्ध प्रदर्शन भइरहेको छ भने ग्रिसमा विद्यार्थीहरूले छात्रावास अभाव र बढ्दो कोठा भाडा विरुद्ध संसद् भवनअगाडि टेन्ट टाँगेर धर्ना दिएका छन्। स्पेनको राजधानी म्याड्रिडमा प्रदर्शनकारीहरूले घरभाडा नियन्त्रण र सस्तो सरकारी आवास निर्माणको माग गरेका छन्। ग्रिसमा भने करिब ९६ प्रतिशत विद्यार्थी छात्रावास सुविधाबाट वञ्चित रहेको र केही कोठाको मासिक भाडा ६०० युरोसम्म पुगेको भन्दै विद्यार्थी सङ्गठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बेल्जियममा शिक्षा बजेट कटौती र शैक्षिक सुधारका सरकारी योजनाविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। राजधानी ब्रसेल्समा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। केही प्रदर्शनकारीले ढुङ्गामुढा र तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास तथा पानीको फोहरा प्रयोग गरेको बताइएको छ। प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा मानिस पक्राउ परेका छन्। सरकारले शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्ने तर हिंसात्मक गतिविधिमा संलग्नमाथि कारबाही गर्ने जनाएको छ।

अल्बानियामा भने विद्यार्थी आन्दोलनले राजनीतिक रूप लिएको छ। राजधानी तिरानामा महँगो शिक्षा, बेरोजगारी, भ्रष्टाचार र विश्वविद्यालयहरूको कमजोर अवस्थाविरुद्ध प्रदर्शन गर्दै विद्यार्थीहरूले प्रधानमन्त्री एडी रामाको राजीनामा माग गरेका छन्। अक्टोबर १५ मा हजारौँ युवा शिक्षा मन्त्रालयबाहिर भेला भएका थिए। प्रदर्शनका क्रममा सरकारी भवन तथा बैंकहरूमा आगजनी र प्रहरीसँग झडप भएको समाचारमा उल्लेख छ। हालसम्म १६७ जना पक्राउ परेको बताइएको छ। प्रधानमन्त्री रामाले राजीनामा दिन अस्वीकार गर्दै वार्ताको प्रस्ताव गरेका छन्। युरोपका विभिन्न देशमा फैलिएको असन्तुष्टिले शिक्षा, रोजगारी र जीवनयापनको बढ्दो खर्चलाई प्रमुख राजनीतिक मुद्दाका रूपमा अगाडि ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ