2026-10-27 03:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु

2026-10-27

काठमाडौँ | वैदेशिक रोजगार विभागले मंगलबारदेखि मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टममा छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीमाथि अनुगमन सुरु गरेको छ। विभागका महानिर्देशक नवराज ढकालले मलेसियाको एफडब्लूसीएमएसमा छनोट भएका २५ म्यानपावरमाथि अनुगमन सुरु भएको बताए । उनले विभागले यसअघि नै सञ्चालकमाथि पक्राउ पुर्जी जारी गरेर प्रक्रिया अघि बढाएको बताए।

उनले भने,‘आजबाट विभागले म्यानपावरमा अनुगमन सुरु गरेको छ । अनुगमनमा त्यस्तै केही कैफियत भेटेमा तत्काल कारबाही गरिने छ । विभागले २५ म्यानपावर माथि छानबिन समेत गरिरहेको छ ।’ महानिर्देशक ढकालका अनुसार कानुनी विधि पुर्‍याएर विभागले अनुगमन सुरु गरिएको त । उनले भने,‘ विभागले अनुगमनको लागि अनुसन्धान अधिकृत तोकिएको छ । उहाँले सबै विधि पुर्‍याएर अनुसन्धान प्रक्रिया अघि बढेको छ।’

युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया रोजगारीमा देखिएको समस्या समाधानको लागि आपसी संवाद गर्न भन्दै नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मा द्विपक्षीय संयन्त्र संयुक्त कार्य समूहको बैठक राख्न प्रस्ताव गरेको छ। विभागले २५ वटा म्यानपावरले एकाधिकार गरी आफै मात्रै मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टममा आबद्ध भएको भन्दै छानबिन गरिरहेको छ । म्यानपावर व्यवसायीहरूले भने कूटनीतिक माध्यमबाट आफूहरूलाई मलेसियाको सूचीबाट हटाइदिन नेपाल सरकार समक्ष अनुरोध गरेका थिए । वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गरेका मलेसियाद्वारा छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकसहितका व्यवसायीलाई आज नै ३५ दिनभित्र सम्पर्कमा नआए बैंकिङ कारोबार र यात्रा अनुमति रोक्ने सूचना सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला