2026-11-15 09:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदहरूको विदेश भ्रमणमाथि आशिका तामाङको प्रश्न

2026-11-14

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले राज्यको ढुकुटीबाट सांसदहरूले गर्ने विदेश भ्रमणको औचित्यमाथि प्रश्न गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले एउटा सांसदले राज्यको खर्चमा कति पटक विदेश भ्रमण गर्न पाउने भन्ने प्रश्न गरेकी हुन्।

‘राज्यको ढुकुटीबाट एउटा सांसद कति पल्ट विदेश भ्रमण गर्न पाउँछ? जनताले थाहा पाउने त परको कुरा आफ्नै पार्टीभित्रका अन्य सांसदहरूलाई समेत थाहा पत्तो हुँदैन उहाँहरू के लागि विदेश जानु भो भनेर!’ उनले भनिन्। उनले सांसदहरू विभिन्न संसदीय समितिमा आबद्ध रहेको र आफ्नै समितिबाट समेत अन्य सदस्यलाई जानकारी नदिइ विदेश भ्रमणमा जाने गरेको आरोप लगाएकी छन्। ‘सांसदहरू विभिन्न समितिभित्र हुनुहुन्छ, आफ्नो–आफ्नो समितिबाट विदेश भ्रमणमा सुटुक्क जानुहुन्छ र सुटुक्क आउनुहुन्छ। तर आफ्नै समितिभित्रका सदस्यहरूले समेत कसैले थाहा पाएका हुँदैनन्,’ उनले भनेकी छन्।

राज्यको लाखौँ रुपैयाँ खर्च गरेर गरिने विदेश भ्रमणको उद्देश्य के हो र त्यसबाट जनता तथा सांसदले के उपलब्धि पाउँछन् भन्ने विषय स्पष्ट हुनुपर्ने उनको माग छ। उनले विदेश भ्रमणबाट प्राप्त उपलब्धि जनतासमक्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै भ्रमणको औचित्य पुष्टि नभए समुद्रको तटमा फोटो खिच्ने र टिकटक बनाउने काममा मात्रै सीमित भएको देखिने टिप्पणी गरेकी छन्। ‘राज्यको लाखौं खर्च गरेर गरिएको विदेश भ्रमणबाट जनता र सांसदले पाउने उपलब्धि के हो? सोको स्पष्टता जनतासामु आउनु पर्छ होइन भने उहीँ समुद्रको तटस्थलमा गएर फोटो खिच्नु र टिकटक बनाउनु मात्र हो भन्ने कुरा सांसदज्यूहरूको सामाजिक सञ्जालको अपडेटबाट थाहा हुन्छ,’ उनले भनेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको घोषणा : जीवनको अन्तिम साससम्म कांग्रेसको हितमा लड्छु हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने अहिले पुलिस दुई भागमा बाँडिएको छ : केपी शर्मा ‌ओली एनपीएल : विराटनगरविरुद्ध टस जितेर लुम्बिनीले रोज्यो फिल्डिङ वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा चीन भ्रमणलाई फलदायी बनाउन रवि लामिछानेको निर्देशन महेश बस्नेतको दाबी : एमालेको विकासलाई वैकल्पिक शक्तिले चुनौती दिन सक्दैन एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै, दुवैलाई जितको दबाब मौसम बदली हुँदै, पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न पदमा दरखास्त आह्वान गोरखाको धार्चेमा भीषण सुक्खा पहिरो सांसदहरूको विदेश भ्रमणमाथि आशिका तामाङको प्रश्न गृहमन्त्री सुधन गुरुङ युएई जाँदै रोकी राखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले सभापति रवि लामिछानेसँग छलफल गर्ने छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने एनपीएल : जनकपुरले टस जितेर चितवनलाई दियो बलिङको निम्तो काठमाडौँलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ