2026-11-15 09:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न पदमा दरखास्त आह्वान

2026-11-14

काठमाडौँ | लोक सेवा आयोगले निजामती, सङ्घीय संसद र राष्ट्रिय मानवअधिकार सेवाका राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत वा सो सरह तथा स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको छ। आयोगले खुला तथा समावेशी प्रतियोगिता, आन्तरिक प्रतियोगिता एवम् कार्यसम्पादन र ज्येष्ठताका आधारमा हुने बढुवाका लागि विज्ञापन प्रकाशित गरेको हो । आयोगद्वारा जारी सूचनाअनुसार निजामती सेवातर्फ न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र सङ्घीय संसद सेवाका अप्राविधिक पदहरूमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ।

यसका साथै प्राविधिकतर्फ तथ्याङ्क अधिकृत र इन्जिनियरिङ सेवाअन्तर्गत सिभिल, स्यानिटरी, सिँचाइ, हाइवे, भवन तथा आर्किटेक्ट, हाइड्रोपावर, इलेक्ट्रोनिक्स, मेकानिकल एवम् केमिकल इन्जिनियरलगायत पदहरूमा दरखास्त मागिएको छ। खुला प्रतिस्पर्धासँगै ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन र आन्तरिक बढुवातर्फ पनि विज्ञापन खुलाइएको छ । यसअन्तर्गत निजामती तथा मानव अधिकार सेवाका विभिन्न प्राविधिक र अप्राविधिक पदहरू समावेश छन् ।

त्यसैगरी स्वास्थ्य सेवा ऐनबमोजिम स्वास्थ्य सेवाका सातौँ तहअन्तर्गत नर्सिङ अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, फार्मेसी अधिकृत, फिजियोथेरापिस्ट र जनस्वास्थ्य अधिकृत पदहरूमा कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनबाट हुने बढुवाका लागि आवेदन माग गरिएको छ। बढुवातर्फ दरखास्त दिन चाहने योग्य उम्मेदवारले आगामी २०८३ मंसिर २५ गतेभित्र फारम बुझाउनुपर्नेछ। अनलाइन आवेदन दिन चाहनेहरूले आयोगको वेबसाइट ‘ psconline1.psc.gov.np’ मार्फत आवश्यक विवरण र कागजात संलग्न गरी फारम भर्नुपर्नेछ। अधिकृत वा सो सरहका पदहरूका लागि दरखास्त दस्तुर १ हजार २ सय रुपैयाँ तोकिएको छ भने थप समावेशी समूहका हकमा नियमानुसार अतिरिक्त शुल्क बुझाउनुपर्ने व्यवस्था छ।

प्राविधिक पदहरूको लिखित परीक्षा आगामी २०८३ चैत १४ गतेदेखि सञ्चालन हुने कार्यतालिका सार्वजनिक गरिएको छ। योग्यता पुगेका नेपाली नागरिकहरूलाई तोकिएको समयभित्र दरखास्त दिन आयोगले सूचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको घोषणा : जीवनको अन्तिम साससम्म कांग्रेसको हितमा लड्छु हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने अहिले पुलिस दुई भागमा बाँडिएको छ : केपी शर्मा ‌ओली एनपीएल : विराटनगरविरुद्ध टस जितेर लुम्बिनीले रोज्यो फिल्डिङ वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा चीन भ्रमणलाई फलदायी बनाउन रवि लामिछानेको निर्देशन महेश बस्नेतको दाबी : एमालेको विकासलाई वैकल्पिक शक्तिले चुनौती दिन सक्दैन एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै, दुवैलाई जितको दबाब मौसम बदली हुँदै, पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न पदमा दरखास्त आह्वान गोरखाको धार्चेमा भीषण सुक्खा पहिरो सांसदहरूको विदेश भ्रमणमाथि आशिका तामाङको प्रश्न गृहमन्त्री सुधन गुरुङ युएई जाँदै रोकी राखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले सभापति रवि लामिछानेसँग छलफल गर्ने छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने एनपीएल : जनकपुरले टस जितेर चितवनलाई दियो बलिङको निम्तो काठमाडौँलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ