2026-11-15 09:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन

2026-11-14

काठमाडौँ | नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने बताएका छन् । शनिबार (कात्तिक २८) एमाले वाग्मती प्रदेश कमिटीको बैठकमा उनले सरकारलाई आउँदो नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए । “वर्तमान सरकारको आयु धेरै लामो रहने छैन,” उनले भने, “यो सरकारलाई आउँदो नयाँ वर्ष देखाउन दिनु हुँदैन ।”

उनले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । त्यसनिम्ति एमालेले आवश्यकताअनुसार अरू राजनीतिक दलहरूसँग सहकार्य गर्ने उनको भनाइ छ । उनले सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन एमालेको संगठनात्मक संरचनालाई थप सुदृढ गर्नुपर्ने बताए । सरकारका अलोकतान्त्रिक गतिविधिलाई प्रविधिका माध्यमबाट आमजनतामाझ पुर्‍याउन पनि उनले कार्यकर्तालाई निर्देशन दिए । वर्तमान सरकार र सत्तारूढ दलको नेतृत्व सहकारी ठगीलगायत आपराधिक गतिविधिमा संलग्न रहेको उनको आरोप छ । “भ्रममा बाँचेको, देशलाई जलाएर आएको, खरानी ग्याङ भनेर युवाहरूले उपमा दिएको, सहकारी ठगीलगायतका आपराधिक कर्ममा संलग्न रहेको पार्टी र त्यसका नेताहरू संलग्न रहेको,” उनले भने ।

उनले स्थानीय कमिटीहरूलाई मजबुत बनाउँदै आउँदो स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा पनि ध्यान दिनुपर्ने बताए । आउँदो निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने गरी अगाडि बढाउन आवश्यक रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको घोषणा : जीवनको अन्तिम साससम्म कांग्रेसको हितमा लड्छु हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ : रवि लामिछाने अहिले पुलिस दुई भागमा बाँडिएको छ : केपी शर्मा ‌ओली एनपीएल : विराटनगरविरुद्ध टस जितेर लुम्बिनीले रोज्यो फिल्डिङ वर्तमान सरकारलाई नयाँ वर्ष देखाउन दिनु हुँदैन मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा चीन भ्रमणलाई फलदायी बनाउन रवि लामिछानेको निर्देशन महेश बस्नेतको दाबी : एमालेको विकासलाई वैकल्पिक शक्तिले चुनौती दिन सक्दैन एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै, दुवैलाई जितको दबाब मौसम बदली हुँदै, पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न पदमा दरखास्त आह्वान गोरखाको धार्चेमा भीषण सुक्खा पहिरो सांसदहरूको विदेश भ्रमणमाथि आशिका तामाङको प्रश्न गृहमन्त्री सुधन गुरुङ युएई जाँदै रोकी राखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले सभापति रवि लामिछानेसँग छलफल गर्ने छठको सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने एनपीएल : जनकपुरले टस जितेर चितवनलाई दियो बलिङको निम्तो काठमाडौँलाई हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ