
काठमाडौँ | तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबारको पहिलो खेलमा कर्णाली याक्सले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजसँगको खेलमा कर्णालीका कप्तान सेभिड मिलरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । चितवन प्लेअफमा परिसकेको छ भने कर्णाली लिग चरणबाटै बाहिरिसकेको छ ।