१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

चन्द्र भण्डारीको गाउँमा प्रदिप ज्ञवालीलाई भव्य स्वागत

६ मंसिर २०७४, बुधबार ०३:४४

मङ्सिर ६, गुल्मी । कुनै समय थियो  कुनै एक दलको प्रभाव रहेको ठाउँमा अर्को दलको नेतालाई चुनावताका र्छिन नदिने तर अहिले त्यस्तो कतै छैन् । मतदानमा विवेक उनै जनताको भए पनि विपक्षी राजनैतिक दलका अगुवाहरुले विपक्षी दलको नेता, उमेदवारलाई पनि टोल टोलमा उभिएर स्वागत गर्ने गरेका छन र आफ्ना समस्या राख्ने गरेका छन् । यहि उदाहरण दिए  मंगलबार हुँगाका वासीन्दाले पनि । 

एमाले नेता तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार प्रदिपकुमार ज्ञवाली पल्लीकोटको गेटबाट छिरे देखि नै, को कांग्रेस को एमाले वा माओवादी भन्ने थिएन् । टोल टालेमा हातमा फुलमाला र अविर लिएर उभिएका थिए हुँगाका वासीन्दाहरु ।

नेता ज्ञवालीलाई माला पहिराउँदै  हुँगाका नरायण भण्डारी  चौरासी पुजा गरी सकेकोले आफुले असत्य नवोल्नै भन्दै भने–‘तपाई यो जिल्लाको मात्र होईन यो देशकै लागि जित्नु पर्ने मान्छे हो , यहाँलाई हुँगामा हृदय देखि  स्वागत छ ।’ 

लामो समय नेपाली कांग्रेसको राजनीति गरेका र हाल बुढौली लागेको बताउने अर्का बृद्धद्धयः पुनाराम न्यौपाने र भक्तीराम भण्डारी अव आमाको गर्भमा छँदै देखि  कुनै राजनीति दलको कार्यकर्ता हुनु पर्ने जमना गएको बताउँ छन् । 

कांग्रेस  संग असन्तुष्ट रहेकोले होला उनिहरुले  यसरी झटारो हाने–‘ सेतै फुल्ने बेला सम्म यहि हुँगामा कांग्रेसलाई मान्दै आईयो, चन्द्र भण्डारी र फाणिन्द्र भण्डारी जस्ता नेता पनि हामीले बनाईयो तर खै हाम्ले के पायौं ? हेर्नु भयो आउने बेलामा ?  हुँगा छिर्ने पल्लीकोटको गेट भारतिय भुपु शैनिकले बनाई दिए तर  त्यसैको तल मोटरबाटाको हविगत कस्तो छ ? ’

बृद्धद्धयले ७० वर्षको नेटो काटी सके पछि गत स्थानिय तहको निर्वाचन अघि देखि सम्म  कांग्रेसको नाडी छामियो भन्दै त्यस पछि कम्युनिष्टमा एमालेलाई रोजेको बताए । हुँगा दमारकै सरस्वती भण्डारी भन्छिन –‘मेरो पालामा जति विकास कहिल्लै भएन भन्ने हाम्रा गाउँका सांसद चन्द्र भण्डारीले मेरा टोल दमारामा  गोरु हिड्ने बाटो पनि बन्न सकेको छैन  । अन्तत के गर्नु भयो थाह छैन । ’ 

उनकै गाउँकी मिना रजालीले भन्दै थिईन यहाँका सवै संग सोध्नुस यो गाउँमा सवै भन्दा गरिव मै हुँ । हाम्रै गाउँका नेता चन्द्र भण्डारीले सारा ठाउँका गरिवका छोरा छोरी आफैले पढाई दिएको समाचार सुन्छु तर आफ्नै गाउँका मेरा छोरा छोरीले  छात्रवृत्ति सम्म पाएका छैनन्  ।  

हुँगाको ठुलापोखरामा भएको स्वागत कार्यक्रममा कांग्रेसका क्रियाशिल अगुवाहरु र चन्द्र भण्डारीका प्रशांसकहरु भने सहभागी त्यहाँ नभएर होला नेता भण्डारीले गरेको विकास निमार्णको चर्चा भने त्यहाँ  गरिएन् । त्यसो त प्रदिपकुमार ज्ञवालीको गाउँ वलेटक्सारमा पनि चन्द्र भण्डारीलाई स्वागत गरिन्छ र कतै प्रशांसक त कतै आलोचक  भई नै हाल्छन् । 

विगतमा कांग्रेसजन मध्ये चन्द्र भण्डारी संग असन्तुष्ट भएर हो कि नेता भण्डारीको आलोचनामा समय बढि खर्चेका थिए । सहभागीहरुलाई सम्वोधन गर्दै उमेदावर ज्ञवालीले आफुले गर्न नसक्ने सपना बाँड्न नआएको जे गरेरै देखउन सक्छ  वामगठन्धनले त्यही एजेण्डा लिएर जनता सामु आएको बताएका थिए । सन्ध्या बस्नेतको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता