2026-07-26 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मर्यो भनेर फलिएका कमल श्रेष्ठ चुनावी मैदानमा

प्रेम सुनार/मंसिर १५, गुल्मी । उनि हुन् पुर्व सांसद । उनको घरमा जहिले जानुस् कि त भकारोमा गाई भैसी र कुखरा  बाख्राको सुसार गरी रहेको अवस्थामा  भेटिन्छन भने कि त खेतीपाती गरिरहेको वेला देखिन्छन् । गुल्मीको राजनैतिक जिवनमा उनले जति संघर्ष गरे त्यति नै मात्रमा उनी कृषि पेशालाई आधुनिकीकरण गर्नमा खटे । वास्तमा उनि कृषकहरुका नेता हुन भनेर भन्नु अत्युक्ति हुँदैन् । 

उखु र गुड उत्पादनले प्रशिद्ध थलो गुल्मीको थानापति गाउँमा जन्मिएका कमलराज श्रेष्ठको चर्चा गर्दै छौं हामी । जसले विगत ५२ वर्ष देखि राजनीति संगै कृषि पेशालाई जन स्तर सम्म पुराउन जिल्ला भर नै विर्सनै नहुने योगदान पुराउँदै आएका छन् ।

आफ्ना नेता प्रदिपकुमार ज्ञवाली कहाँ अपटक पटक धाएर वलेटक्सारको भण्डारी डाँडामा देश मै पहिलो पटक कफि अनुसन्धन केन्द्र स्थापना गरे उनले ।  दिगाम, थानापति रुरु सम्मको प्रशिद्ध उखु खेती र गुणलाई वजारीकरण गर्न, लिची   र दुग्ध उत्पादनका साथै  तरकारी खेतीलाई ब्यवसायीककरण गरेर कृषकको जिवन स्तर बृद्धि गर्न अहोरात्रा खट्नु नै उनको सांसद हुनु पछाडीको  सामाजिक  योगदान हो ।  उनि सांसद छँदा पनि उनले जिल्लामा थुप्रै विकास निर्माण भित्राएका थिए ।

गुल्मीको वामपन्थी आन्दोलनका अभिभावकका रुपमा रहेका १४/१५ वर्षको उमेरमा  श्रेष्ठ २०२० साल देखि वामपन्थी आन्दोलनमा  होमिएका थिए । भुमिगत राजनैतिक जिवनमा कैयौं पटक जेल नेल याताना भोगेका नेता श्रेष्ठ  वलेटक्सार चौतराका प्रयागलाल श्रेष्ठ जस्ता जिल्ल्लाका पुराना चर्चित वामपन्थी नेताबाट प्रभावित भएर कम्युनिष्ट आन्दोलनमा लागेको बताउँ छन् । 

उति वेला कांग्रेसका सामु कम्युनिष्ट भएर बाँच्न गाह्रो थियो । त्यस माथी पञ्चायती शासकहरुको दवदवा थियो नेता श्रेष्ठले भने भुमिगत कालको जेल नेल यातनाको स्मरण गर्दा अहिले पो ज्यान सिरिङ्ग गर्दछ । 

२०४७ साल पुष ३ गतेका दिन दिगामको लक्ष्मी प्रा.वि.मा कांग्रेस कार्यकर्ताहरुको आक्रमणबाट म¥यो भनि वोरामा पोको पारेर फालिएका श्रेष्ठलाई मरेर बाँचेका नेता भनेर एमालेजनले भन्ने गर्दछन् । 

तत्कालिन मालेका विभिन्न मोर्चा सम्हालेका नेता श्रेष्ठले नेकपा एमाले गुल्मीको  जिल्ला पार्टी प्रमुखको जिम्मेवारी  २०४७ साल देखि सम्हालेका थिए । आज भन्दा एक दशक अघि सम्म पार्टी प्रमुखको जिम्मेवारीमा रहँदा नेकपा एमाललेलाई गुल्मीमा कांग्रेसलाई टक्कर दिने पार्टी बनाएको श्रेय उनलाई जाने उनका सयकर्मीहरु बताउँ छन् ।

२०५१ सालको निर्वाचनमा गुल्मी क्षेत्र नम्वर २ मा २०५१ सालमा नेपाली कांग्रेसका नेता भागवत ज्ञवालीलाई भारी मतले पराजित गरी सांसदमा  विजयी श्रेष्ठको विजयी सभावमा उनले भनेको भाषण अहिले पनि चर्चा गरिन्छ । 

विपक्षीले  उनको विजयको  माला ओईलीयो वरै , भोज खुवाउन ढालेको खसी वोका र राँगाहरु प्नि सड्ने भो वरै जस्ता भाषाण गर्द समर्थकको तालिले तम्घासको चिदिचौर गुञ्जायमान बनेको थियो ।  क्षेत्र नम्वर २ मा कांग्रेसको किल्ला २०५१ सालमा तोडे देखि  लगातार लालकिल्ला बनाएको यस क्षेत्रलाई झण्डै २० वर्ष पछि आएर कांग्रेसका चन्द्र भण्डारीले २०७० सालमा आफुहरुको विरासत फर्काएका थिए ।

त्यही क्षेत्र अहिले साविकको १ नम्वर क्षेत्र संग गाभिएर क्षेत्र नम्वर १ नै बनेको छ । २०७० सालमा गुमेको विरासद बचाउन  केन्द्रियस सचिव प्रदिपकुमार ज्ञवाली र श्रेष्ठ अर्को कम्युनिष्ट माओवादी केन्द्र , नेकपा माले र जनमोर्चाको समेत साथ लिएर चुनावी मैदानमा उत्रेका छन् ।  स्थानिय तहको आंकलन गर्ने हो भने नेकपा एमाले मात्रैले पनि  त्यस क्षेत्रमा कांग्रेसलाई टक्कर दिन सक्ने हैसियतमा देखिन्छ । 

वामगठबन्धनको मत सहित भारी मतको अन्तरले चुनव जित्ने दावि उनिहरुले गरेका छन् । नेता श्रेष्ठले भने पहिल्लै आफुले आंकलन नगर्ने बताउँ छन् । म पहिल्लै र कहिल्लै पनि भविश्यवाणी गर्न चाहन्न र जनतालाई झुटो कुरा गरेर मत माग्न पनि चाहन्न ।

मैले आफ्नो सामाजिक सेवा प्रति विश्वास गर्छु र जनता प्रति ईमान्दार भएर प्रस्तुत हुन्छ, यसैको आधार नै मेरो जित सुनिश्चित छ भन्ने ठान्छु । उनले आफुले पनि नचाहिँदो कुरा जनता सामु लगेर नजाने र विपक्षी कांग्रेस नेताहरुले पनि नचाहिदो कुरा नगरी स्वस्थ्व प्रतिस्पर्धा गरे कसलाई जिताउने, कसलाई हराउने फैसाला जनताले नै गर्ने बताए ।   उखान टुक्का सहितको चोटीलो, पेचीलो र तर्क संगत र व्यवहारिक भाषण उनको पहिचान हो । 

यति नै वेला उनि जस्तै कम्युनिष्ट आन्दोलनमा अर्का संघर्षशिल र स्पष्ट वक्ता  सुदर्शन वराल पाएका छन् वामगठबन्धनका साझा प्रतिनिधी ुसभा उमेदवार प्रदिपकुमार ज्ञवालीले  । यी दुई संगको चुनावी संयोगलाई उनले एउटा अवसरका रुपमा लिएको बताउँ छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल