2026-09-16 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बैतडीमा वर्षा नहुँदा गहुँ छर्न समस्या

मङ्सिर २१, बैतडी । आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहँु छर्न पाएका छैनन्  

सिँचाइको सुविधा नभएको ठाउँका किसान आकाशे पानीको भर पर्नु परेको हो । जिल्लामा २० हजार ९०० हेक्टरमा गहुँ खेती गरिदै आएकोमा १० हजार ५०० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

सूर्नया–८ का रमेश बोहरा खेत बाँझै रहने चिन्ता भएकोे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “समयमै पानी नपर्दा मारमा परेका छौँ ।” 

सिँचाइको अभावमा समयमा मकै छर्न नपाएको सुर्नया–६ का किसान गौरीदत्त अवस्थीले बताउनुभयो । मंसिर दोस्रो सातासम्म गहुँ छर्ने उपयुक्त समय हो । सिँचाइको अभावमा अधिकंश खेत बाँझै रहेको सुर्नया–२ का किसान मोहनबहादुर विष्टले बताउनुभयो । 

गहुँ छरेका ठाउँमा समेत सिँचाइको अभावमा उम्रेको गहुँ खेतमै सुक्न थालेको किसानले बताएका छन् । गहुँ समयमै छर्न नपाउँदा उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्दले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल